सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पब्जी विश्वकपबाट बाहिरियो नेपाली टिम डीआरएस गेमिङ

२०८० मंग्सिर ४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पब्जी विश्वकप अर्थात् ‘पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२३’ बाट नेपाली टिम डीआरएस गेमिङ बाहिरिएको छ । अङ्क तालिकामा शीर्ष ११ भित्र पर्न नसक्दा टिम ग्रुप स्टेजबाट नै बाहिरिएको हो ।

एल्लो ग्रुपमा रहेको डीआरएस गेमिङले आफ्नो सबै खेल खेलिसक्दा ९४ पोइन्टमात्र बटुलेको छ, जसमा ७० एलिमिनेसन पोइन्ट समावेश छ । ग्रुप स्टेजभर एक चिकेन डिनर पनि गर्न नसकेको डीआरएस १६ टिममध्ये १५औं स्थानमा रहेको छ ।

एल्लो ग्रुपमा विजेता भने ‘मेजर प्राइड’ बनेको छ । ‘मेजर प्राइड’ले दुई चिकेन डिनर र ९६ एलिमिनेसन पोइन्टसहित कुल १८३ पोइन्ट ल्याएको छ । त्यस्तै दोस्रो स्थानमा ‘फोमिराकल भाइब्स’ र तेस्रो स्थानमा ‘डब्लुबीजी’ रहेका छन् ।

यी तीन टिमले पीएमजीसी २०२३ को फाइनलमा सिधै स्थान बनाइसकेका छन् । अङ्क तालिकामा चौंथोदेखि ११औँ स्थानमा रहेका टिमले भने २२ नोभेम्बर देखि २४ नोभेम्बरसम्म चल्ने सर्भाइबल स्टेजमा प्रतिस्पर्धा गर्नेछन् ।

सर्भाइबल स्टेजमा गुप एल्लोका आठ, ग्रुप रेडका आठ र ग्रुप ग्रीनका आठ गरी कुल २४ टिमले प्रतिस्पर्धा गर्नेछन् र अङ्क तालिकामा शीर्ष १६ भित्र पर्ने टिमले पुन: लास्ट चान्स स्टेजमा एकअर्का विरुद्ध खेल्नेछन् ।

लास्ट चान्सबाट शीर्ष पाँच टिमले मात्र फाइनलमा स्थान बनाउने छन् । फाइनलमा ग्रुप स्टेजबाट सिधै आएका ९ टिम, लास्ट चान्सबाट आएका पाँच टिम र दुई आमन्त्रित टिम गरी कुल १६ टिमले पीएमजीसी २०२३ को उपाधिको लागि भिड्नेछन् । अन्तिम चरण अर्थात् फाइनलको खेल ८ डिसेम्बरदेखि १० डिसेम्बरसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गुगलले कर्मचारीसँगको मुद्दा हार्यो, अदालतले तिरायो २७ मिलियन डलर क्षतिपुर्ति

दूरसञ्चार सेवा प्रदायकहरुलाई ७ दिनभित्र सम्पर्कमा आउन अनुरोध

स्मार्टफोनको लतले बालबालिकामा डिप्रेसनको खतरा

च्याट जिपिटीले बर्ष दिनमा नै कमायाे एक अर्ब प्रयोगकर्ता

एआईबाट नक्कली भिडियो बनाएपछि अभिनेत्री अदितीको गुनासो– मेरो चरित्र हत्या गर्ने प्रयास भइरहेको छ

टिकटक बन्द गरे-नगरेका बारे जवाफ दिन निर्देशन

जाजरकोटमा नेपाल टेलिकमको ‘नमुना सेवा’ सुरु

अब गुगल बार्डले तपाईंका लागि युट्युब भिडिओ हेरिदिने !

दूरसञ्चारको विकास डिजिटल नेपालको मेरुदण्ड होः उपप्रधानमन्त्री खड्का

तीनकुने र बल्खुमा संचार सेवा अवरुद्ध

प्रहरी सेवालाई प्रविधिमैत्री बनाउन क्यूआर कोड

अवैध भीपीएन र डीएनएसबाट टिकटक नचलाउन सञ्चारमन्त्रालयको अनुरोध