सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रुकुमपश्चिम जीप दुर्घटना अपडेट: गम्भीर घाइते भएका दुईको मृत्यु

२०८० मंग्सिर ४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुकुमपश्चिममा जीप दुर्घनामा परी गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात वर्षीय बालक प्रतिक बुढा छन् । बालक बुढाको उपचारका लागि एम्बुलेन्समार्फत सुर्खेत लैजाँदै गर्दा सल्यान जिल्लाको नेटा भन्ने ठाउँमा र ओलीको चौरजहरी अस्पतालमै मृत्यु भएको चौरजहारी नगरपालिकाका नगरप्रमुख पुष्प वादीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्य पाँच जनाको पनि अवस्था गम्भीर रहेकाले गृहमन्त्रालयमा समन्वय गरेर काठमाडौँबाट हेलिकप्टर आउन लागेको र सोही हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडाँै पठाउने तयारी भइरहेको नगर प्रमुख वादीले जानकारी दिनुभयो ।

आज बिहान चौरजहारी नगरपालिकाबाट जिल्ला सदुरमुकाम खलङ्गा आउने क्रममा चौरजहारी–८ गैरीजिउलामा लु१ज २२९७ नम्बरको जीप दुर्घनामा परेको थियो । जीपमा सवार चालकसहित २२ जना घाइते भएका थिए । जीप मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने गैरीजिउला सडकखण्डबाट भेरी नदीमा खसेको थियो ।

घाइतेको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ । जीपमा क्षमताभन्दा बढी सवारी चढाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले आँकलन गरेको छ । यसबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भीरवाट लडेर दार्चुलामा एक महिलाको मृत्यु

उत्तरी गोरखाको सिर्दीबासमा खच्चडबाट चामल ढुवानी

नेपाल–भारत सीमा स्तम्भहरुको मर्मत सुरु

सुन्तला उत्पादनमा वृद्धि हुँदा किसान उत्साहित

सुदूरपश्चिम, लुम्बिनी र कर्णालीको पहाडी भेगमा हिमपातसँगै वर्षा

सिरहाको लहानमा साइकल स्टोरमा आगलागी, लाखौंको क्षती

वायुसेवा निगमले अपाङ्गता भएका यात्रुलाई भाडामा छुट दिने

जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ

बोरामा भेटिएका शवकाे भएन पहिचान, चितवन प्रहरीद्वारा स्केच सार्बजनिक

अर्थले प्राधिकरणलाई भन्यो: सडक बत्तीको बक्यौता पालिकाबाटै लिनु

गएरातीदेखी अवरुद्ध कोशी राजमार्ग सञ्चालनमा

अपाङ्गताबारे ऐन, कानुनको प्रभावकारी कार्यान्वयनमा समस्या