सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

यी हुन् २ पटक ओडीआई विश्वकप जित्ने अष्ट्रेलियाका ७ खेलाडी

२०८० मंग्सिर ४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारतलाई उसैको मैदानमा ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले छैटौं पटक ओडीआई विश्वकपको उपाधि जित्यो । यो कीर्तिमानी जित हो ।

आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम बलिङ, फिल्डिङ र ब्याटिङ सबैमा उत्कृष्ट प्रदर्शन गरेको अष्ट्रेलियाले ट्राभिस हेडको १३७ रनको मद्दतमा २४१ रनको लक्ष्य ७ ओभर अगावै ४ विकेट गुमाएर पूरा गर्‍यो । अष्ट्रेलियाले विश्वकपमा कीर्तिमानी जित निकाल्दा टिमका ७ खेलाडीले पनि व्यक्तिगत उपलब्धि हासिल गरेका छन् । उनीहरुले दुई पटक ओडीआई विश्वकप जित्ने उपलब्धि हात पारे ।

स्टिभ स्मिथ, डेविड वार्नर, ग्लेन म्याक्सवेल, मिचेल मार्स, मिचेल स्टार्क, जोस हेजलउड र कप्तान प्याट कमिन्सले दुई विश्वकप जितेका हुन् ।अष्ट्रेलियाले यसअघि सन् २०१५ मा घरेलु मैदानमा ओडीआई विश्वकप जितेको थियो । त्यस बेला यी सात खेलाडी टोलीमा थिए । तर, मार्स र कमिन्सले प्लेअइङ ११ मा परेका थिएनन् । यस पटक भने यी सातै खेलाडीले भारतविरुद्ध फाइनल खेले ।

२०१५ को फाइनलमा स्टिभ स्मिथले ५६ र वार्नरले ४५ रन बनाएका थिए । यसपटक भने वार्नर ७ र स्मिथ ४ रनमा आउट भए । यस्तै २०१५ मा म्याक्सवेलले ब्याटिङ गर्नुपरेन भने यस पटक २ रनमा अविजित रहे । म्याक्सवेलले दुवै फाइनलमा समान एक विकेट पनि लिएका थिए ।

यस्तै स्टार्कले २०१५ को फाइनलमा २ विकेट लिएका थिए भने यस पटक ३ विकेट लिए ।२०१५ को फाइनलमा विकेटविहीन बनेका हेजलउडले यस पटक २ विकेट लिए । ओडीआई विश्वकप २०२३ मा सहभागी खेलाडी । जहाँ २०१५ मा विश्वकप जित्ने ७ खेलाडी सहभागी छन् ।
यी सात बाहेक भारतलाई हराउने टिममा ट्राभिस हेड, मार्नुस लाबुसचेन, एडम जाम्पा र विकेटकिपर जोस इङ्गलिस थिए ।

चोटका कारण सुरुको पाँच खेल नखेलेका हेडले फाइनलमा भारतविरुद्ध शतक नै बनाए । उनले सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध अर्धशतक बनाउनुका साथै दुई विकेटसमेत लिएका थिए । सेमिफाइनल र फाइनल दुवैमा उनी म्यान अफ दि म्याच बने ।

यस्तै इन्जुरी रिप्लेसमेन्टको रुपमा अन्तिम मसमया टिममा परेका लाबुसचेनले पनि फाइनलमा अर्धशतक बनाए । अष्ट्रेलियन टिमको एक्लो विशेषज्ञ स्पीनर जाम्पाले २३ विकेट लिँदै सर्वाधिक विकेट लिनेमा दोस्रोमा रहे । भारतका मोहम्मद सामीले सर्वाधिक २४ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतले दियो अष्ट्रेलियालाई १ सय ६१ रनको लक्ष्य

युरोकप २०२४ को ड्र, कुन देश कुन समुहमा परे ?

स्पेनिस ला लिगा : डियाज र रोड्रीगोको गोलमा रियल म्याड्रिड विजयी

ईङलिश प्रिमियर लिग : न्यूक्यासलसँग म्यानचेस्टर युनाइटेड १-० गोलले पराजित

सुपर लिगमा आज दुईवटा खेल हुदैँ

साउदी प्रो लिग : अल नासरमाथि अल हिलालको जित

नेपाल सुपर लिगमा धनगढी र ललितपुरले गोल रहित बराबरी खेले

रोहित र कोहलीविनै भारतले जित्यो अष्ट्रेलियाविरूद्ध टी-२० सिरिजको उपाधि

एनएसएलमा आज ‘डबल हेडर’ : झापा र पोखरा तथा धनगढी र ललितपुर भिड्ने

प्रहरी कप: नक्साल हेडक्वाटरलाई हराउँदै पोखरा प्रहरी बिजयी

एनएसएल: वीरगन्जमाथि चितवनको २-१ को जित

सुपर लिग: बिरगञ्ज र चितवन भिडदैँ