सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भारतसँगका सम्झौताको समीक्षा गर्दै माल्दिभ्स, भारतीय सेना फिर्ता पठाउन सुरु

२०८० मंग्सिर ४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः माल्दिभ्सले भारतसँग भएका १०० वटा सम्झौताको समीक्षा गर्न सुरु गरेको बताएको छ ।

यससँगै माल्दिभ्सको नयाँ सरकारले आफ्नो भूमिमा रहेका ७७ जना भारतीय सेनालाई फिर्ता पठाउने प्रक्रिया पनि सुरु गरेको जनाएको छ ।माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जूले भारतलाई औपचारिक रुपमा आफ्ना सैनिक स्वदेश फर्काउन आग्रह गरेको भोलिपल्ट भारतसँगका सम्झौताको समीक्षा गर्ने काम पनि सुरु भएको घोषणा गरिएको हो ।

माल्दिभ्सको राष्ट्रपति कार्यालयका सचिव मोहम्मद फिरोजुल अब्दुल खलीले पत्रकार सम्मेलनमा माल्दिभ्समा ७७ जना भारतीय सैनिक रहेको जनाएका हुन् । माल्दिभ्सका मिडियाले फिरोजुललाई उद्धृत गर्दै हेलिकोप्टरको व्यवस्थापन गर्न २४ जना, डोर्नियर विमानको व्यवस्थापन गर्न २५ जना, अर्को एक हेलिकोप्टर व्यवस्थापन गर्न २६ जना र इन्जिनियरिङ सेवाको लागि दुईजना भारतीय सैनिक हाल माल्दिभ्समा रहेको उल्लेख गरेका छन् ।

गत सेप्टेम्बरमा राष्ट्रपतिको चुनाव जितेका मुइज्जूले माल्दिभ्सबाट ७७ जना भारतीय सेना हटाउने प्रक्रिया सुरु गरेको फिरोजुलले बताएका छन् ।हिन्द महासागरमा रहेको टापु राष्ट्र माल्दिभ्स भारतको लागि रणनीतिक रुपमा महत्वपूर्ण देश हो । इब्राहिम मोहम्मद सोलिहको सरकारको पालामा भारत र माल्दिभ्सको सम्बन्ध निकै सुमधुर रहेको थियो ।

नयाँ राष्ट्रपतिको निर्वाचनको समयमा मुइज्जूले आफू निर्वाचित भए माल्दिभ्सबाट भारतीय सेना हटाउने प्रतिवद्धता जनाएका थिए । सोहीअनुसार उनले अहिले भारतीय सेना हटाउन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बेलारुसका राष्ट्रपतिद्वारा चीनसँगको ‘विश्वसनीय मित्रता’ को प्रशंसा

२४ औँ चीन-ईयु शिखर सम्मेलन बेइजिङमा हुँदै

गाजामा तीन सैनिक मारिएः इजरायली सेना

भारतीय वायुसेनाको बिमान दुर्घटना, दुई पाइलटको मृत्यु

इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ को मृत्यु, १२ बेपत्ता

गाजा माथी ‘इजरायली अपराध’ छानबिन गर्नु पर्ने कतारको माग

हमास-इजरायल युद्दः अन्तराष्ट्रिय फौजदारी अदालतले युद्ध अपराध अनुसन्धान गर्ने

तान्जानियामा बाढी पहिरोमा परी ४७ को मृत्यु, ८५ बढी घाइते

यमनको हुथी बिद्रोहीले पुनः दुई इजरायली जहाजमाथी गरे आक्रमण

इरानले भन्योः इजरायली युद्ध अपराधले क्षेत्रीय दन्द्द बढाउँदै छ

गाजामा ‘बफर जोन’ बनाउने इजरायाली योजनाको खुलासा

भारतको चार प्रदेशको बिधानसभाकाे प्रारम्भिक नतिजा, बिजेपीलाइ टक्कर दिँदै कांग्रेसकाे कमब्याक