सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कार्साङ’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित

२०८० मंग्सिर ४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः फिल्म ‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छन् ।

यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि मुख्य कलाकारका रूपमा दयाहाङ राई, बुद्धि तामाङ फाइनल भइसकेका छन् । यस्तै, फिल्ममा नायिकाको रुपमा सुरक्षा पन्त र नवकलाकार छिरिङ शेर्पा फाइनल भइसकेका छन् ।

शिल्पा पनि फिल्ममा भित्रिएपछि ३ जना नायिकाहरुले फिल्ममा काम गर्ने पक्का भएको छ । यस फिल्ममा शिल्पा अनुबन्धित भएसँगै प्रमुख कलाकारहरूको लाइनअप पूरा भएको निर्देशक शेर्पाले जानकारी दिए ।

शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो । फिल्ममा उनी स्वयंको कथा, पटकथा तथा संवाद छ । यसअघि शेर्पाले थुप्रै छोटा फिल्मको निर्देशन गरिसकेका छन् ।

फिल्म ‘कार्साङ’ शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुने बताइएको छ । यो फिल्म यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको हो । पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्मको केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायाकंन गरिने निमार्णपक्षले बताएको छ ।

फिल्म ‘कार्साङ’को ओभरसिज राइट्स छायाकंन अगावै बिक्री पनि भइसकेको छ । यो फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले रिलिज गर्ने भएको छ ।

फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स्ले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सिंघम अगेनको सुटिङमा अजय देवगन घाइते

हाउसफूल-५ अब जुन २०२५ मा रिलिज हुने

भुलभुलैया सिक्वेल-३ मा कार्तिक आर्यन कन्फर्म, तब्बुद्वारा अस्विकार

रणवीरको एनिमल क्रेजः बिहान ५ बजे देखी राती २ बजेसम्म शो चलाइयाे

एनिमलले तोडयो शाहरुखको जवानको ‘कलेक्सन् रेकर्ड’

‘मायाबी’को छायांकन सकियो, पल शाहलाई नयाँ उचाई दिने विश्वास

मन्त्री किरातीले सार्वजनिक गरे भिमको पालाम गीत ‘मिम्जिमा ए’

‘एनिमल’को अग्रिम बुकिङ ६ घन्टामा थप आक्रामक, अहिलेसम्म ३ लाख १५ हजार टिकट बिक्री

‘दयारानी’को अर्न्तराष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिजले किन्यो

‘एनिमल’को अग्रिम टिकट २ लाख ५० हजार भन्दा बढी बिक्री, बिहान ७ बजेवाट शाे शुरू हुने

सुनै सुनले सजिएकी बेहुलीसँग बलिउड अभिनेता रणदिप हुड्डाकाे पाेज भाइरल

ट्रेलर रिलिज अगावै प्रभासको सालारको ‘प्लट’ लिक