सदाबहार खबरको रफ्तार ....
असार ६, २०८१ बिहिबार
June 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अमेरिकाबाट अग्निपीडितलाई सहयोग

२०८० मंग्सिर ४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मुगुको छायाँनाथ रारा नगरपालिका अन्तर्गत –४ भामवाडा निवासि अग्निपीडित कुनतरी रावलको परिवारलाई सहयोग प्राप्त भएको छ ।

अमेरिकाको कोलोराडो नेपाली परिवार समाजका सदस्य हिक्मत रावलको नेतृत्वमा अग्निपीडित देवीराज रावललाई अमेरिकाको कोलोराडो नेपाली परिवार समाजको तर्फबाट नगद एकलाख ५२ हजार ५२५ रुपियाँ सोमबार छायाँनाथ रारा नगरपालिकाको कार्यालयमा नगर प्रमुख विष्णुकुमार भामको हातबाट सो राहत रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

अमेरिकाको कोलोराडोमा बसोवास गर्दैआएका नेपाली समुदायका अमेरिकन आर्मीमा कार्यरत नेपाली परिवारले स्थापना गरेको सानो कोलोराडो नेपाली परिवार समाजमा दसजना सदस्य आवद्ध भएको समाजको पहलमा उक्त राहतस्वरुप रकम संकलन गरी अग्निपीडितलाई सहयोग गरिएको हिक्मत रावलले बताउनुभयो ।

यो समाजले अमेरिकाको कोलोराडोमा बसोवास गर्ने नेपालीजनमा भाइचारा हिसाबले संगठित भइ सामाजिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यले यो समाजको स्थापना गरिएको हो ।

कामको सिलसिलामा आफ्नो भुमिभन्दा धेरै टाढा अमेरिकामा बस्दैआएका अमेरिकाको कोलोराडो नेपाली परिवार समाजका नेपाली वासिन्दाले अग्निपीडितको पीडालाई आफ्नै पीडा भन्दै सबैको सहयोगी हातले सहयोग गर्ने अमेरिकाको कोलोराडो नेपाली परिवार समाजका सदस्य हिक्मत रावलले जानकारी दिनुभयो ।

घर जलेर छिमेकीको घरमा बासका लागि ओत लाग्न वाध्य परिवारको गासका लागि र घर पुनः निर्माणका लागि कोलोराडो नेपाली परिवार समाजका संगठित सदस्यले आफ्नो तर्फबाट क्षमताअनुसारको सानो सहयोग मात्र गरेको बताउनुभयो । सहयोग गरिएको रकम पीडित परिवारसम्म छिटो छरितो पुगोस् भन्ने उद्देश्यले गोरखापत्रकर्मी हरिकृष्ण ऐडीको खातामा सो राहत रकम जम्मा गरिदिएको बताउनुभयो ।

अग्निपीडित कुनतरी रावलले अमेरिकाको कोलोराडो नेपाली परिवार समाजको आर्थिक सहायताले अग्निपीडितलाई ठूलो राहत मिलेको बताउनुभयो । हामीजस्ता अग्निपीडित परिवारलाई अमेरिका कोलोराडो नेपाली परिवार समाजको सहयोगी हातले हामीजस्ता पीडितलाई राहतस्वरुप सहयोग गरिदिनुभएकोमा उहाँहरुको सहयोगी हातप्रति आफु निकै खुसीभएको बताउनुभयो ।

रावल परिवारलाई यसअघि छायाँनाथ रारा नगरपालिकाले राहतस्वरूप ३५ हजार नगद रुपियाँ त्यसैगरी नेपाल रेडक्रस शाखा कार्यालय मुगुबाट त्रिपाल, खाद्यान्न र भाँडाकुडा सहयोग प्रदान गरिएको छ ।

गएको कात्तिक २३ गते अपरान्ह १२ बजेतिर मुगुको छायाँनाथ रारा नगरपालिका वडा –४ भामवाडामा विद्युतको तार सर्ट हुँदा सो घर जलेर नष्ट भएको थियो । तीन तलाको घरमा आगो सल्किएपछि घरभित्र रहेका लत्ताकपडा, कोदो, चामल, खानेकुरा, बालबालिकाका किताब त्यसैगरी नगद रुपियाँ र गरगहना जलेर सबै नष्ट भएको थयो । गोरखापत्र

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने

भरतपुरमा श्री एयरको परीक्षण उडान शुरु

व्यावसायिक भैँसी पालनबाट मनग्य आम्दानी

बागमतीका छ जिल्लामा करिब ८० प्रतिशत विषादी खपत

वीरगञ्जमा रहेको संकल्प लोकसेवामा आगलगी हुँदा लाखौको क्षति

नहरमा डुबेर कञ्चनपुरमा बालकको मृत्यु

सर्लाहीमा दुर्घटना, तीन जनाको मृत्यु

सर्लाहीको बागमतीमा सवारी दुर्घटना : तीन जनाको मृत्यु, दर्जनौँ घाइते

गण्डकी प्रदेशमा छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण

पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध

कस्तो छ आजको मौसम पूर्वानुमान ?

मध्यपहाडी लोकमार्गः धारापानी–झिनडाडाखण्डमा स्तरोन्नति सुरु