सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

इजरायली जहाज यमनी विद्रोहीको कब्जामा

२०८० मंग्सिर ४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः यमनका इरान समर्थित हुथी विद्रोहीहरूले उनीहरूले लाल सागरमा एक इजराइली व्यवसायीको स्वामित्वमा रहेको पानीजहाज कब्जा गरी यमनको तटमा पुर्याएको बताएका छन् ।

उक्त पानीजहाजको सञ्चालन एक जापानी फर्मले गरेकाले टोक्योले हस्तक्षेप गरी विद्रोहीहरूसँग ‘सिधा’ सम्पर्क गर्नुपरेको छ । गाजापट्टीमा हमाससँग इजराइलको युद्धलाई लिएर विद्रोही समूहले जलमार्गमा इजराइली जहाजहरूलाई निशाना बनाउने धम्की दिएको केही दिनपछि उक्त जहाज कब्जामा परेको हो ।

हुथीका सैन्य प्रवक्ता याह्या सारीले सामाजिक सञ्जाल एक्समा विद्रोहीहरूले एक इजराइली जहाजलाई कब्जामा लिएर यमनी तटमा पुर्याएको जानकारी दिएका छन् । जापानका विदेशमन्त्री योको कामिकावाले भने, ‘टोक्योले इजराइलसँग कुराकानी गरिरहेको छ, हुथीसँग सिधा सम्पर्क गर्नुका साथै जहाज र चालक दलका सदस्यहरूलाई शीघ्र रिहाइका लागि हुथीहरूसँग दृढतापूर्वक आग्रह गर्न हामीले साउदी अरब, ओमान, इरान र अन्य सम्बन्धित मुलुकहरूलाई पनि आग्रह गरिरहेका छौँ ।’

इजराइल, जापान र अमेरिकाले जहाज कब्जाको निन्दा गरेका छन् । इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले जहाजको स्वामित्व एक ब्रिटिश कम्पनीसँग रहेको र जापानी फर्मले सञ्चालन गरेको जानकारी दिएको छ ।

जापानको एनवाइके लाइन नामले पनि चिनिने निप्पोन युसेनले आफूले बहमास–ध्वजाङ्कित ग्यालेक्सी लिडर सञ्चालन गरेको पुष्टि गरेको छ ।

‘हामीले कम्पनीबाट चार्टर गरेको कार वाहक ग्यालेक्सी लिडरलाई होदेइदा तट नजिकै यात्रा गर्दा कब्जा गरिएको सूचना बेलायतको ग्यालेक्सी मेरिटाइमबाट पाएका थियौँ’, निप्पोन युसेनले भनेको छ । उसले सूचनाहरू सङ्कलन गर्न र २५ सदस्यीय चालक दलको सुरक्षा सुनिश्चित गर्न एउटा कार्यदल गठन गरिएको जानकारी दिएको छ ।

‘जबसम्म गाजाविरुद्ध आक्रामकता बन्द हुँदैन र गाजा तथा पश्चिम किनारमा हाम्रा प्यालेस्टिनी दाजुभाइविरुद्ध भयानक अपराध बन्द हुँदैन तबसम्म हुथी सेनाले इजराइली दुश्मनविरुद्ध सैन्य कारबाही जारी राख्नेछ’, हुथीका सैन्य प्रवक्ता याह्या सारीले भने।

हुथीहरूले एउटा व्यापारिक जहाज कब्जामा लिएको र त्यसलाई विद्रोहीहरूको नियन्त्रणमा रहेको तटीय सहर होदेइदास्थित सलिफ बन्दरगाहमा लगेको एक यमनी समुद्री स्रोतले बताएको छ ।

इजराइली सेनाले एक्समा भनेको छ, ‘हुथीले एउटा मालवाहक जहाज अपहरण गरेको छ, विश्वव्यापी परिणामको यो एउटा गम्भीर घटना हो ।’ उसले उक्त जहाज टर्कीबाट भारतका लागि प्रस्थान गरेको र जहाजमा विभिन्न मुलुकका नागरिक सवार भए पनि इजराइली नागरिक नरहेको बताएको छ । उसले उक्त जहाज इजराइली नभएकोमा पनि जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गाजामा तीन सैनिक मारिएः इजरायली सेना

भारतीय वायुसेनाको बिमान दुर्घटना, दुई पाइलटको मृत्यु

इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ को मृत्यु, १२ बेपत्ता

गाजा माथी ‘इजरायली अपराध’ छानबिन गर्नु पर्ने कतारको माग

हमास-इजरायल युद्दः अन्तराष्ट्रिय फौजदारी अदालतले युद्ध अपराध अनुसन्धान गर्ने

तान्जानियामा बाढी पहिरोमा परी ४७ को मृत्यु, ८५ बढी घाइते

यमनको हुथी बिद्रोहीले पुनः दुई इजरायली जहाजमाथी गरे आक्रमण

इरानले भन्योः इजरायली युद्ध अपराधले क्षेत्रीय दन्द्द बढाउँदै छ

गाजामा ‘बफर जोन’ बनाउने इजरायाली योजनाको खुलासा

भारतको चार प्रदेशको बिधानसभाकाे प्रारम्भिक नतिजा, बिजेपीलाइ टक्कर दिँदै कांग्रेसकाे कमब्याक

अमेरिकाले अन्तरिक्ष सम्पतिमा आक्रमण गरे ‘युद्द घोषणा’ मानिने उत्तर कोरियाको चेतावनी

इराककाे भुमीमा आक्रमण नगर्न अमेरिकालाई बग्दादकाे चेतावनी