सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

तौल घटाउन चाहनु हुन्छ ? मुला खानुस्

२०८० मंग्सिर ४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अहिले हरेकको जीवन तनावले भरिएको छ । अस्वस्थ जीवनशैलीका कारण मानिसको स्वास्थ्य ध्वस्तै भएको छ ।

अत्यधिक मोटोपना सबैभन्दा व्यापक समस्या बनेको छ । आधुनिक जगतमा सुस्वास्थ्यका लागि तौल घटाउनु धेरैको लागि चुनौती बनेको छ । आफ्नो ज्यान फिट राख्न, स्वस्थ्यबद्र्धक तौल कायम राख्न र यावत् स्वास्थ्य समस्या टार्न खानेकुरा उत्तिकै महत्त्वपूर्ण छन् ।

मुला गुणैगुणले भरिपूर्ण खानेकुरा हो । दैनिक भोजनमा यसलाई समावेश गर्दा अनेकौँ फाइदा मिल्दछ । तौल घटाउन चाहनेका लागि त यो झन् उपयोगी छ । तर हामीमध्ये धेरैलाई मुला मनै पर्दैन । अधिकांशले मुला तौल घटाउन सहयोगी छ भन्ने कुरालाई नै बेवास्ता गरिरहेका छौँ । आजको यो लेखमा हामीहरु मुलाको स्वास्थ्य लाभबारे कुराकानी गर्नेछौँ ।

मुलामा क्यालोरीको मात्रा निकै कम हुन्छ । एक कप काटेको मुलामा जम्मा १९ क्यालोरी पाइन्छ । त्यसैले यसको सेवनले तौल बढ्दैन । एक कप मुलामा शून्य दशमलव ८ ग्राम प्रोटिन, ४ ग्राम कार्बोहाइड्रेट्स र शून्य दशमलव १ ग्राम मात्रै फ्याट पाइन्छ । मुलामा भिटामिन सी, बीसिक्स, फेलेट, पोटासियम र म्याग्निज पाइन्छ । मुलामा हाइपरटेन्सेभि गुण पाइन्छ । जसले उच्च रक्तचापलाई जसले उच्च रक्तचापलाई नियन्त्रित राख्छ ।

मुलामा पानी र फाइबर टन्नै मात्रामा पाइन्छ । यसमा फ्याट र क्यालोरी निकै कम हुन्छ । प्राकृतिक रुपमा मुला तौल घटाउन उपर्युक्त खानेकुरा हो । दैनिक आहारमा मुलालाई समावेश गर्दा स्वास्थ्यमा अनेकौँ खालका फाइदा हुन्छ । यसमा क्यालोरीको मात्रा निकै कम हुने भएकोले यसलाई खाँदा बजन बढ्दैनन् ।

मुलामा पर्याप्त मात्रामा फाइबर पाइन्छ । यसमा ग्लाइसेमिक इन्डेक्स निकै कम हुन्छ । यसले रगतमा इन्सुलिनलाई नियन्त्रणमा राख्न पनि मद्दत गर्छ । यसको सेवनबाट सुगर लेभल बढ्दैन ।

सधैँ चिसो र रुघाखोकी लागिरहन्छ भने तपाईँले आफ्नो भोजनमा मुलालाई समावेश गर्न जरुरी छ । यसमा एन्टि–कन्जेष्टिभ गुण पाइन्छ । जसले घाँटी र श्वासनलीमा रहेको कफ हटाउन मद्दत गर्छ । यसमा डायट्री फाइबर पनि उच्च मात्रामा हुन्छ । जसले पाचनमा सुधार ल्याउन मद्दत गर्छ । अनि तपाईँको पेट छिटै भरिएको महसुस हुन्छ । जसले गर्दा तपाई धेरै खानबाट बच्नु हुन्छ । मुलामा क्याल्सियम पाइन्छ । जसको सेवनले हड्डी बलियो हुन्छ ।

तपाईँले दिनहुँ रुपमा खाने अस्वस्थकर स्न्याक्सको ठाउँमा सलाद वा सुपको रुपमा मुलाको सेवन गर्न थाल्नुस् । तपाईँको तौल घटाउन मद्दत गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जाडोमा बदाम खानुका यस्ता छन् फाईदा

विश्व स्वास्थ्य सुरक्षा कार्यक्रमको सुरुआत

मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या ७७५ पुग्यो

चितवनमा भएको निःशुल्क स्वास्थ्य शिविरमा तीन सय जनाको परीक्षण

व्हाइट लङ सिन्ड्रोमः चीन पछि अमेरिकामा फैलियो

नेपालमा एचआइभी संक्रमितको संख्या ३० हजार

एचआइभी सङ्क्रमित आदिवासी जनजाति महिलाको अध्ययन हुँदै

मादीमा अस्पताल सञ्चालनपछी उपचारका लागि पोखरा जानुपर्ने बाध्यता हट्यो

चिकित्सक कुटपिटको विरोधमा बुटवल प्रहरी कार्यालयबाहिर स्वास्थ्यकर्मीको धर्ना

चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू

टिकापुरमा पहिलाे पटक ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया

सिफारिसका आधारमा निःशुल्क उपचार गरिने