सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

माइतीघर–नयाँ बानेश्वर १ महिनासम्म निषेधित क्षेत्र घोषित {पत्रसहित}

२०८० मंग्सिर ४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः काठमाडौँ प्रशासनले माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्रलाई एक महिनासम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सोमबार एक आदेश जारी गर्दै मंसिर ४ देखि ३० दिनसम्मका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित घोषित गरिएको जानकारी दिएका हुन्।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेशमा पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्मको क्षेत्रलाई निषेधित घोषित गरिएको छ।

यो क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न रोक लगाएको प्रमुख जिल्ला अधिकारी बस्नेतले जनाए। एक वा सोभन्दा बढी समूहद्वारा एकै मिति समय र स्थानमा भेला भई विरोध प्रदर्शनका कार्यक्रम गर्दा मुठभेड तथा भिडन्तको अवस्था सिर्जना भई शान्ति सुरक्षा भंग हुने सक्ने भन्दै यस्तो निर्णय गरिएको काठमाडौँ प्रशासनले जनाएको छ।

माइतीघर क्षेत्रमा गणतन्त्र विरोध अभिव्यक्ति दिँदै आएका दुर्गा प्रसाईं र नेकपा एमालेनिकट युवा संघ नेपालले एकै दिन कार्यक्रम गर्न लागेका थिए। उनीहरूका कार्यक्रमले शान्ति सुरक्षामा प्रत्यक्ष असर पार्ने आकलन गर्दै काठमाडौँ प्रशासनले यस्तो निर्णय गरेको हो।

यी स्थानमा नागरिकको सेवा प्रवाहका लागि प्रयोग हुने मुख्य मार्ग एवं महत्त्वपूर्ण प्रतिष्ठानसमेत रहेका, सार्वजनिक सेवा प्रदायक निकायहरूको कामकारबाही, सार्वजनिक सम्पत्ति संरक्षण एवं सुरक्षामा प्रत्यक्ष नकारात्मक असर पर्न जाने र अत्यावश्यक एम्बुलेन्स, दमकल तथा सार्वजनिक यातायात अवरुद्ध हुने अवस्थालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति काठमाडौँको सिफारिसका आधारमा यस्तो निर्णय गरिएको प्रजिअ बस्नेतले जारी गरेको आदेशमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरकार चिनियाँ सहयोग लिन डराएको केपी ओलीको आरोप

बिशेष अदालतका न्यायधिसहरूले लिए पद तथा गोपनीयताको सपथ

अहिलेको सरकार तीन वर्ष नै टिक्छ: देव गुरुङ

मलाई मधेश लागुपदार्थको कारण आक्रान्त छ भन्ने थाहा नै थिएन : मुख्यमन्त्री यादव

कोप–२८ सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

दुर्गा प्रसाईंका स्वकीय सचिव थापालाई स-शरीर उपस्थित गराउन सर्वोच्चको आदेश

कोशी प्रदेशका विनाविभागिय मन्त्रीले पाए जिम्मेवारी

अपाङ्गता अधिकारसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा राष्ट्रपतिको जोड

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र चिनियाँ राजदूतबिच भेटवार्ता

प्रधानमन्त्री प्रचण्डले पत्रकार सम्मेलन गर्दै

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले बाेलाए सर्वदलीय बैठक

कांग्रेस डगमगाउदैनः देउवा