सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नेपाली सेनाको कर्णेल बनेर ठगी गरेको आरोपमा चारजना पक्राउ

२०७७ असार १, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः नेपाली सेनामा कार्यरत रहेको दाबी गर्दै ठगी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली सेनाको नक्कली कर्णेल र अन्य तीनजना जवान बनेर ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय काभ्रेले उनीहरूलाई पाँचखाल नगरपालिका- ४ बाट पक्राउ गरेको हो ।

प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाका अनुसार पक्राउ पर्नेमा पाँचखाल नगरपालिका- ४ बस्ने ३१ वर्षीय केवल राई सुनुवार, वडा नम्बर ५ बस्ने २४ वर्षीय रामबहादुर तामाङ, वडा नम्बर ४ बस्ने ३७ वर्षीय भीम महाजू र तनहुँ जिल्ला भानु नगरपालिका-१२ बस्ने ४८ वर्षीय अमर अधिकारी छन् ।

भीम महाजूको योजनामा उनीहरूले ठगी गर्दै आएको खुलेको प्रहरीले जनाएको छ । महाजूले आफूलाई नेपाली सेनाको कर्णेल बताउँदै आएका थिए । थापाका अनुसार महाजूले २८ जेठमा धुलिखेल नगरपालिका–८ थाक्लेका होटेल व्यवसायी चन्द्रकुमार लामालाई ‘म विष्णुदल गण धुलिखेलमा कार्यरत नेपाली सेनाको कर्णेल हुँ, हामीसँग स्टोरमा रहेका सामानहरू (चामल, चिनी, तेल, बियर, नुन) सस्तोमा मिलाइदिन्छौँ’ भन्दै पाँच लाख ६९ हजार २ सय १० रुपैयाँ मागेका थिए ।

तर, लामाले सामान नदिई रकम नदिने बताएपछि उनीहरूले आधा रकम दिएमा मात्र सामान ल्याउने भन्दै दुई लाख ५० हजार र स्कुटर लगेका थिए । ‘उनीहरूले विष्णुदल गण धुलिखेलको रासन स्टोर विभागको नक्कली पत्रसमेत देखाउने गरेका पाइएको छ,’ प्रहरी नायव उपरीक्षक थापाले भने, ‘उनीहरू नगद र स्कुटर लिएर फरार भएपछि पीडितले जिल्ला प्रहरी कार्यालय, धुलिखेलमा निवेदन दिएपछि खोजी गरी पाँचखालबाट पक्राउ गरेका हौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै

त्रिभुवन विमानस्थलबाट एक किलो ८०३ ग्राम सुन बरामद

स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ