सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड

२०८० मंग्सिर १५, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अर्थमन्त्री डा प्रकाशशरण महतले भारत सरकारको सहयोगमा मुलुकमा सञ्चालित विकास निर्माणका परियोजनाहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ ।

यहाँस्थित भारतीय राजदूतावास र अर्थ मन्त्रालयले बिहीबार संयुक्त रूपमा अर्थ मन्त्रालयमा आयोजना गरेको ‘परियोजना कार्यान्वयन समीक्षा बैठक’मा मन्त्री डा महतले नेपालको आर्थिक उन्नयनका परियोजनामा नेपाललाई निरन्तर सघाएकामा भारत सरकारप्रति आभार व्यक्त गर्नुभयो ।

उहाँले सहुलियतपूर्ण ऋणका साथै अनुदान सहयोगका आयोजनाहरूको शीघ्र कार्यान्वयनका निम्ति नेपाल सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभएको अर्थ मन्त्रालयले जनाएको छ ।

बैठकमा भारतीय पक्षको नेतृत्व नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले गर्नुभएको थियो । त्यस अवसरमा दुवै पक्षले आपसी सहयोग र सहकार्यका बारेमा पनि छलफल गरेका थिए ।

अर्थमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डलमा नेपाल सरकारका सम्बन्धित मन्त्रालय, विभाग एवं निकायका साथै भारतीय दूतावासका सम्बन्धित अधिकारीको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

वित्तीय संस्थाबारे गरिएको दुष्प्रचारप्रति राष्ट्र बैंकको ध्यानाकर्षण, सर्वसाधारणको निक्षेप सुरक्षित

झिनो अंकले घट्यो नेप्से परिसूचक

सुनको भाउ स्थिर, आज कतिमा हुँदैछ कारोबार?

प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो

डलर भाउ आज पनि स्थिर, युरो र पाउण्डको भाउ बढ्याे

१८ खर्बको बजेटको स्रोत के छ ?

सुनको मूल्य बढ्दा चाँदी घट्यो

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले फागुन २० गते बोलायो साधारणसभा

बैंकिङ क्षेत्रलक्षित अराजक गतिविधिप्रति बैंक तथा वित्तीय संस्थाको ध्यानाकर्षण

आज सेयर बजार, बैंक–वित्तीय संस्था बन्द हुने

यस्तो रहेको अजको विदेशी मुद्राको विनिमय दर, कुन मुद्र कतिमा हुँदैछ कारोबार?

कालिमाटीमा फलफूल तथा तरकारी भाउ यस्ताे छ