सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एकीकृत समाजवादीको सचिवालय बैठक सुरू, महाधिवेशनको मिति तय गर्ने बिषयमा छलफल हुँदै

२०८० मंग्सिर १८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय आलोकनगरमा बैठक सुरु भएको हो ।

आजको बैठकमा आगामी माघ १४ देखि १८ गतेसम्म काठमाडौंमा हुने भनिएको महाधिवेशनको नयाँ मिति तय गर्ने बताईएको छ । नेकपा एसले आगामी १४ माघ देखि १८ सम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, त्यस समयमा राष्ट्रिय सभाको निर्वाचन हुने भएकाले महाधिवेशनको मिति सर्ने नेताहरुले बताएका छन् ।

आजको बैठकमा अन्तरपार्टी निर्देशन (अपानि) मा नेताहरूको जिम्मेवारी हेरफेर, कार्यविभाजन र विभिन्न कमिटीमा मनोनयनलगायत आन्तरिक विवाद समाधान गर्न छलफलसमेत हुनेछ ।

पार्टीको संरचना र सामर्थ्य विस्तारका लागि आवश्यक रणनीति, देशभर संगठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थितिबारे छलफल गरिने बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी हेरफेर गरी सक्षमता र योगदानका आधारमा नेताहरूको जिम्मेवारी हेरफेर समेत गर्ने जनाइएको छ ।

बैठकले अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल र पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे रणनीति तय गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पीडितले न्याय पाउने गरी टिआरसी टुङ्ग्याउनुपर्ने

कांग्रेस महासमिति बैठकमा पाँच प्रतिवेदन पेस, बुधबार छलफल

कांग्रेस महासमितिबाट प्रवासमा रहेका नेपालीको थप अधिकार सुनिश्चित गरिनुपर्छ : नेता विष्ट

निर्वाचनमा गोरखा गएको औचित्य पुष्टि हुनेगरी काम गर्छुः प्रधानमन्त्री

कांग्रेस महाधिवेशनबाट प्रवासमा रहेका नेपालीको थप अधिकार सुनिश्चित गरिनुपर्छ : नेता विष्ट

यस्तो छ विश्वप्रकाशको राजनीतिक प्रतिवेदनः गठबन्धन आगतको सम्झौता होइन, विगतले बोकाएको अभिभारा हो (पूर्ण पाठ)

उपसभापति खड्काको नीति प्रस्तावः जिम्मेवार कांग्रेस, समुुन्नत देश

बैठकमा सदस्यले मोबाइल चलाएपछि केपी ओलीको आक्रोश

सत्तारुढ गठबन्धन पूर्णतः असफल, देश संकटमा : केपी ओली

मानवताविरुद्ध अपराधमा सजाय घटाउनु हुँदैन : केपी ओली

निवेदन दिएर राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना हुँदैन : कमल थापा

कांग्रेसले महासमितिमा सनातन हिन्दु धर्मलाई आधिकारिक एजेण्डा बनाउनुपर्छ : नेता शाही