सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

दराज ११.११ सेलमा ५० लाखले गरे सामान खरिद

२०८० मंग्सिर १८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गत कार्तिक २५ गते सार्वजनिक भएको दराज ११.११ सेलमा लाखौँ ग्राहकहरूले करोडौँको छुट पाएको कम्पनीले जानकारी दिएको छ।

कम्पनीका अनुसार यो वर्षको ११.११ सेलमा ५० लाख ग्राहकहरूले दराजबाट सामान खरिद गरेका हुन् । ११.११ सेलमा तेल, घिउ जस्ता रासनका सामानहरू अत्यधिक बिक्री भएको थियो । सेल सुरु भएको १९ मिनेटमै दराजले पहिलो ५ सय अर्डर प्राप्त गर्न सफल भएको थियो, साथै सामान्य समयको तुलनामा ११.११ सेलमा दराजको बिक्री ४६ प्रतिशतको वृद्धि पनि देखिएको थियो ।

११.११ सेलको सफलता बारेमा चर्चा गर्दै दराजका प्रबन्धक निर्देशक आँचल कुँवर भन्छिन्, ‘यो चुनौतीपूर्ण समयमा हामी हाम्रा ग्राहकहरूको लागि उत्कृष्ट मूल्यमा सर्वोत्कृष्ट सामान उपलब्ध गराउनमा प्रतिबद्ध छौँ । र हाम्रो यही उद्देश्यले गर्दा नै हाम्रो ११.११ सेलले यो सफलता प्राप्त गर्न सफल भएको छ ।’

सेलमा ८०० भन्दा धेरै डेलिभरी कर्मचारीहरू खटिएका थिए । सेलमा काठमाडौँदेखि महेन्द्रनगरसम्म करिब ५२२ किलोमिटरको सबैभन्दा लामो यात्रा तय गरेर सामान डेलिभरी गरिएको थियो ।

दराजले राजधानी बाहिरका बिक्रेताहरूलाई पनि समान अवसर प्रदान उद्देश्यले देशका १०८ स्थानहरूबाट सेवा प्रवाह गर्ने गरेको छ। सेलको अवधिमा काठमाडौँ उपत्यका बाहिरका खरिदकर्ताहरूको सङ्ख्यामा ६ सय प्रतिशतले वृद्धि भएको कम्पनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मोबाइल बम जस्तै बिष्फोट हुन सक्छ, गल्तिले पनि यी काम नगर्नुहोस्

यस्तो छ आईफोन १६ को क्यामेरा

एआईलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनीतिक सहकार्य

टिकटकको प्रतिवद्धता व्यवहारिक कार्यान्वयनको सुनिश्चितता भए पुनः सञ्चालनमा ल्याउन नसकिन्छ : प्रधानमन्त्री

पत्रकारले मर्यादित तथा उत्तरदायी भएर कलम चलाऔँ : अध्यक्ष बस्नेत

हुम्लाका विकट गाउँमा पुग्यो फोरजी सेवा

सञ्चार क्षेत्रलाई ज्ञानमा आधारित उद्योग बनाउनुपर्छः गङ्गानारायण श्रेष्ठ

नेपाल टेलिकमको खुद नाफा घट्यो

बिजनेस इमेल महिनाको एकसय मात्रै !, यस्ता छन् Thulo.Com को अन्य अफरहरु

यस्तो छ ‘सामसङ’ नामको अर्थ

इन्स्टाग्राममा अब एआई सुबिधा, म्यासेजमा जाेडियाे एआई उपकरण

आजदेखि ई–भिसा लागू