सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपालमा हरेक दिन थपिन्छन एचआइभी संक्रमित

२०८० मंग्सिर १८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपालमा दैनिक एक जनामा एचआइभी संक्रमण हुने गरेको छ ।

३६औं विश्व एडस दिवसको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीले प्रस्तुत गरेको तथ्याङक अनुसार श्रमका लागि भारत गई संक्रमित हुने, संक्रमितले असुरक्षित रुपमा यौनसम्पर्क राख्ने, जन्मिएको सन्ँतानमा संक्रमण सर्ने, लागु औषध सेवन लगायतबाट दैनिक रुपमा एक जनामा संक्रमण फैलिरहेको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयले दिएको तथ्याङक अनुसार नेपालमा सन् २०२२ को अन्त्यमा ३० हजार व्यक्तिहरुमा एचआईभी संक्रमण देखिएको अनुमान गरिएकोमा हरेक दिन १ जनामा एचआईभी संक्रमण हुन्छ भन्ने अनुमान रहेको छ ।

सन् २०२२ मा ४८८ नयाँ संक्रमित भएको छ जुन २००० को तुलनामा घटेको हो । नेपालमा २०२२ मा ३४४ जनाको एचआईभी संक्रमितको मृत्यु भएको थियो । नेपालमा सन् २०२० को तथ्याङक अनुसार ३० हजार ३ सय जना अनुमानित संक्रमित रहेको मध्ये  ४० प्रतिशत महिला छ ।

संक्रमित मध्ये पुरुषसँग यौन सम्पर्क गर्ने पुरुष तथा तेस्रो लिङगी ९ प्रतिशत, यौनकर्मीका ग्राहकहरु ९ प्रतिशत, पुरुष यौनकर्मी ३ प्रतिशत, सुईद्वारा लागु औषध प्रयोग गर्ने व्यक्ति २ प्रतिशत र महिला यौनकर्मी २ प्रतिशत रहेको तथ्याङक छ ।
रुपन्देहीमा गत आर्थिक वर्षमा ४५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ महिला, २६ पुरुष र १ जना अन्य रहेको कार्यालयले जानकारी दिएको छ ।

सन् २०२२ को अन्त सम्म नेपालमा २३ हजार २ सय ९३ संक्रमितहरुले एन्टीरेट्रोभाइरल (एआरभी) उपचार लिईरहेका छन् र अनुमानित कुल एचआइभी संक्रमित मध्ये ७८ प्रतिशत मात्र एआरभी उपचारमा रहेका छन ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आ.व. २०७९–०८० मा रुपन्देहीमा कुल १ हजार ७ सय ४८ जनामा एचआइभी संक्रमण देखिएको छ । संक्रमित सबैले उपचारका लागि एआरटी सेवा लिइरहेको एचआइभी रोकथाम कार्यक्रमका फोकल पर्सन रिसभ श्रेष्ठले बताए ।

यस्तै  कपिलबस्तुमा ५ सय ६१, बाँकेमा ५ सय ५६, दाङमा ३ सय ९४, पाल्पामा ३ सय ४१, नवलपरासी (पश्चिम) ३ सय १७, गुल्मी १ सय ९९, बर्दिया १ सय ७५, अर्घाखाँची १ सय ३२, प्युठान १ सय २९ र रोल्पामा ४६ संक्रमित छन । लुम्बिनी प्रदेशमा गत बर्ष १ लाख ३० हजार गर्भवती महिलामा एचआइभी परीक्षण गर्दा १७ जना संक्रमित फेला परेको फोकल पर्सन श्रेष्ठले भने ।

राष्ट्रिय एचआइभी रणनीतिक योजना (सन् २०२१–२०२६) सन् २०३० सम्ममा एड्सको माहामारीलाई अन्त्य गर्न शुन्य एचआइभी संक्रमण, शुन्य एड्स मृत्यू, शुन्य एचआइभी सम्बन्धि भेदभावको लक्ष्य तथा प्राथमिकताको कार्यक्रम राखेको छ ।

सन् २०२६ सम्म एचआईभीको आमाबाट बच्चामा हुने सङ्क्रमणको उन्मुलन गर्ने लक्ष्य छ । रणनीति योजनाले २०२६ सम्म संक्रमित मध्ये ९५ प्रतिशतको पहिचान गर्ने, संक्रमण पुष्टि भएका ९५ प्रतिशतको उपचार गर्ने, एआरटी सेवा लिइरहेका मध्ये ९५ प्रतिशतमा भाइरल लोड सप्रेसन हासिल गर्ने, नयाँ एचआइभी संक्रमणलाई ९० प्रतिशतले कम गरी आमाबाट बच्चामा एचआइभी संक्रमण निवारण गर्ने उद्देश्य रहेको छ ।

समाजमा अझै पनि एचआइभी संक्रमितप्रति अझै पनि लान्छना, विभेद र उनीहरुप्रति हुने दुव्र्यवहारका कारण अन्य बिरामीजस्तै खुलेर देखिन नसक्दा एचआइभीको रोकथाम तथा नियन्त्रणका लागि चुनौती रहेको स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले भने ।

संक्रमित सही समयमा चेकजाँच र औषधी उपचारको लागि सम्पर्कमा नआउँदा चुनौति बढ्दै गएकोे हो ।‘समाजमा उनीहरुप्रति हुने विभेद र लान्छनाका कारण अझै पनि एचआइभी संक्रमितहरु अन्य रोगका बिरामी जस्तै खुलेर उपचारका लागि आउन सकेका छैनन् ।

एचआइभी रोकथाम तथा नियन्त्रणका लागि संक्रमितको पहिचान गर्न विभिन्न माध्यम अपनाउनु परेको छ’, ढकालले भने, ‘उपचारमा आउने संक्रमितहरु पनि समाजिक विभेद, लान्छना र दुव्र्यवहारबाट पीडित भएको बताउने धेरै छन् ।’ भाइरल लोड परिक्षण र उपचारमा कठिनाई समेत भएको प्रमुख ढकालले भने । नमुना लिएर केन्द्रमा रहेको प्रयोगशाला पठाउनु पर्छ, नजिकै भए सहजता हुने उनले भने ।

एचआइभीप्रति चेतनाको कमी, बैदेशिक रोजगारीको क्रममा विभिन्न देशमा हुने आवतजावत, स्वदेशमैंं पनि रोजगारी तथा मजदुरीका लागि विभिन्न स्थानमा हुने स्थानान्तरण, यौनकर्मी, सुईबाट लिइने नशालु पदार्थको प्रयोग र असुरक्षित यौन सम्पर्कका कारण एचआइभीको संक्रमण हुने गर्छ । संक्रमित गर्भवतीबाट बच्चामा पनि हुने संक्रमणपनि अर्को मुख्य कारण हो ।

पछिल्लो समयमा एचआइभीको संक्रमण र मुत्यू दर छटेर गइरहेको तथ्यांकले देखाएको छ । कार्यालय प्रमुख ढकालले एचआइभी संक्रमित भैसकेकालाई उपचारको माध्यमबाट आयु लम्ब्याउने र नया संक्रमित हुन नदिन गर्भवती महिलाको जाँच गरेर सकेसम्म बच्चामा संक्रमण हुन नदिने र बच्चा आमाबाट संक्रमित भएर जन्मिमा पनि उपचार र औषधिको प्रयोग गराएर स्वस्थ राख्ने योजना रहेको बताए । आर्थिक वर्ष २०७९।०८० मा लुम्बिनी प्रदेशमा  २ लाख ३ हजार १ सय १६जनामा परिक्षण गरिएकोमा ६ सय २२ जनामा संक्रमण देखिएको थियो ।

नेपालमा औषधीको पहुँच बढाउनका लागि ८५ एआरभी केन्द्र तथा ४६एआरभी डिस्पेन्सिङ् नेन्द्रहरु गरी ४१ वटा जिल्लामा अवस्थित रहेको र १३ वटा भाइरल लोड परीक्षण केन्द्रहरु रहेका छन । लुम्बिनी १५ वटा एआरटी केन्द्रहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नगर स्वास्थ शाखा प्रमुखको हृदयघातको कारण मृत्यु

सन्दीप लामिछानेको पुन: शल्यक्रिया

बालबालिकालाई दादुरा र रुबेला खोप

एकै स्थानीय तहका ४ सय जनाको आँखामा मोतिबिन्दु, ३०१ जनाको निःशुल्क शल्यक्रिया

नसामुक्ति अभियन्ता डा. पिताम्बर अवस्थी धनगढीमा अभिनन्दित

पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन स्क्रिनिङ

कमजोर कपालका लागि रोजमेरीको तेल

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा. जोशी नियुक्त हुँदै

बाल क्यान्सर सचेतना कार्यक्रम

एक लाख ६१ हजार बालबालिकालाई दादुरा-रुवेलाको खोप दिइँदै

खानामा एक चिम्टी हिंग राख्दा हुने फाइदा

गाउँमै आँखाको निःशुल्क उपचार पाएपछि स्थानीय हर्षित