सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बेलारुसका राष्ट्रपतिद्वारा चीनसँगको ‘विश्वसनीय मित्रता’ को प्रशंसा

२०८० मंग्सिर १८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले सोमबार चीनसँग उनको देशको ‘विश्वसनीय’ मित्रताको प्रशंसा गरेका छन् ।

यो वर्ष आफ्नो बेइजिङको दोस्रो भ्रमणका क्रममा आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँगको कुराकानीमा उनले सो टिप्पणी गरेका हुन् ।रुसको कट्टर सहयोगी लुकासेन्को कम्तीमा दुई दिनसम्मको चीनको भ्रमणका क्रममा आइतबार चीन पुगेका हुन् । उनी र चिनियाँ राष्ट्रपति सीले ‘व्यापार, अर्थतन्त्र, लगानी र अन्तर्राष्ट्रिय लगानी’ लगायतका विषयमा छलफल गर्ने उनको कार्यालयले आइतबार घोषणा गरेको छ ।

लुकासेन्को पछिल्लो टक फेब्रुअरीमा चीन आएका थिए । उक्त भ्रमणले युक्रेनमाथि मस्कोको आक्रमणलाई ध्यानमा राखेको थियो । बेलारुसी राष्ट्रपति कार्यालयको विज्ञप्तिअनुसार राष्ट्रपति लुकासेन्कोले सोमबार सीसँग भने, “बेलारुस चीनका लागि एउटा विश्वसनीय साझेदार हो, थियो र हुनेछ ।”

“हामीले धेरै पहिला नै निर्णय गरेका थियौँ कि हामी सहयोग गर्नेछौँ र चीनसँग मित्रता गाँस्नेछौँ”, उनले भने, “यो मित्रता ३० वर्षभन्दा पनि पुरानो हो र यो मार्गबाट कहिले पनि पछि हटेको छैन ।”

अमेरिका र अन्य पश्चिमी मुलुकहरूको दबाब भए पनि बेइजिङले सार्वजनिकरूपमा युक्रेनमाथि रुसी हमलाको निन्दा गरेको छैन । बेलारुस राजनीतिक र वित्तीय सहयोगका लागि रुसमाथि अत्यन्त धेरै निर्भर छ र सन् २०२२ फेब्रुअरीमा युक्रेनविरुद्ध मस्कोको आक्रमणका लागि आक्रमणस्थलका रूपमा बेलारुसलाई प्रयोग गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गाजामा युद्दबिराम गर्न नदिन भिट्टो प्रयोग गरेकोमा अमेरिकाको गर्‍यो चीनले आलोचना

राज्यसभामा सोनिया गान्धी भइन निर्बिरोध निर्वाचित

पुटिनका आलोचक नाभाल्नीकी पत्नीको टविटर खाता गराइयाे बन्द

नाइजेरियामा सत्तारुढ दलका प्रवक्ताको हत्या

मङ्गोलियामा ४९ वर्षपछि भारी हिमपातः चिसोले ६ लाख ६७ हजार पशु मरे

इरानले बनायो दुईवटा युद्धपोत जहाज

यसरी उदाउँदैछ एसियामा अर्को नयाँ शक्ति

इराकी राष्ट्रपतिद्वारा सद्रवादी कार्यकर्ता हत्याको निन्दा

इजरायलले गर्‍यो लेबनान माथी हमला, हताहत भए नभएको अझै खुलाइएन्

रूसी राष्ट्रपति पुटिनले दिए उत्तर कोरियाली तानाशाहलाइ कार उपहार

युट्युबका पूर्व सिइओका छोराको मृत्यु, ड्रग्सको ओभरडोजले मृत्यु भएको अनुमान

अन्टार्कटिका माथि इरानको पनि दाबी