सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

१९ औं संस्करणको लेखनाथ महोत्सव पुुस ५ देखि १६ गतेसम्म हुने

२०८० मंग्सिर २१, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पुुस ५ देखि १६ गतेसम्म लेखनाथ महोत्सव हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव हुँदैछ ।  संघका अध्यक्ष बिनोद श्रेष्ठले पोखरा २७ स्थित डाँडाकोनाकमा हुने १९ औं संस्करणको लेखनाथ महोत्सव मार्फत स्थानीय उत्पादन, पर्यटन र उद्योग तथा व्यवसायको प्रवर्द्धन गरिने भनाई राखे ।

महोत्सव सफल बनाउन ९ सदस्यीय निर्देशक समिति, ४२ वटा उपसमिति र १ सय २० सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको जनाइएको छ । महोत्सवमा ३ सय ३४ वटा स्टल रहनेछन् । तीमध्ये अधिकांश स्टल बुकिङ भइसकेको बताइएको छ ।

महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरु, कृषि तथा पशुजन्य वस्तुहरु बिक्री तथा प्रदर्शनीमा राखिनेछ ।

महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ । सह–प्रायोजकमा पशुपति बिस्कुट र हेटौंडा डेरी, फुड फेस्टिभल प्रायोजकमा न्यूट्रीप्लस शुद्ध तोरीको तेल र प्रवर्द्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको छ ।

विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामग्री, सूचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरुको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरु दर्शकको रोजाईमा पर्ने आयोजकको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बारामा बुलेरो र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

लामो रस्साकसीपछि फतुवा विजयपुरको सातौं नगरसभा सम्पन्न

मानव बेचबिखनमा आधारित डकुमेन्ट्री फिल्म ‘फ्रम द स्याडोज’ काठमाडौँमा प्रदर्शन

जन्ती जीप दुर्घटना: मृतकको सङ्ख्या तीन पुग्यो

विष्णुमति करिडोरका अवैध संरचना हटाउन सुरु

वीरगञ्जमा जारी कर्फ्यू बिहान ६ बजेदेखि १० बजेसम्म खुकुलो

दोलखा केन्द्र भएर मंगलबार बिहानै भूकम्प

आजको मौसमः तीन प्रदेशमा हल्का बर्षा हुन सक्ने

लायन्स क्लबको सहयोगमा बनेको अन्तर्राष्ट्रिय पार्कमा एक सय ९७ देशका झण्डा

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू जारी

कौण्डिन्य गोत्रीय महासमाजको केन्द्रीय अध्यक्षमा बाबुराम आचार्य सर्बसम्मत

प्रधानमन्त्रीलाई चुमनुब्रीको १८ बुँदे ज्ञापनपत्र: उत्तरी नाका खाेल्नेदेखि वैकल्पिक पदमार्गसम्म