सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रधानमन्त्री प्रचण्ड इमान र लाज पचाएर सरकारमा बसिरहेको ओलीको आरोप

२०८० मंग्सिर २१, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाज पचाएर सरकारमा बसिरहेको आरोप लगाएका छन् ।

८ दिनदेखि जारी एमालेको झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अभियानअन्तर्गत बिहीबार वागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकारलाई लज्जाबोध नभएको दाबी गरेका हुन् । अहिलेको सरकारको इमान भए राजीनामा दिएर निस्किनु पर्ने ओलीको भनाइ छ ।

“अहिलेको सरकार असफल मात्रै होइन, चरम असफल सरकार हो । गैरजिम्मेवार भएर, इमान नभएर मात्रै सरकारमा बसिरहेको छ, नत्र राजीनामा गरेर घर जानुपर्ने सरकार हो,” एमाले अध्यक्ष ओलीले भने, “सरकारमा बसिरहन लाज नमानेर, लाज नलागेर कसरी बसिरहेको छ अचम्म लाग्दो छ ।”

उनले अहिलेको सरकारले स्वाधीनता कमजोर बनाएको र विकासका काम ठप्प पारेको अरोप लगाए । ओलीले अहिलेको सरकार असफल सरकार भएको जिकिर गरे । मंसिर १४ गतेदेखि सुरु भएको २१ दिने अभियानमा संकलन गरिएका सबै माग र सुझाव बटुलेर राष्ट्रनिर्माणको खाका र योजना बनाउने ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कांग्रेस महासमिति बैठक: पेश भएका प्रतिवेदनमाथि आज छलफल हुने

परराष्ट्रमन्त्री भोलि भारत भ्रमणमा जाँदै

मन्त्रिपरिषद् बैठकका ७१ निर्णय (पूर्णपाठसहित)

प्रधानमन्त्री दाहालसँग बेलायतका विकासमन्त्री मिचेलको शिष्टाचार भेटवार्ता

फिरंगी नेता नेतृत्वमा पुग्दा रौतहट पछि पर्‍याे: प्रभु साह

पर्सामा एकअर्काको धार्मिक स्थलमा विरोध नगर्नेसहित ५ बुँदे सहमति 

वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री सर्लाही आउने

वीरगञ्ज कर्फ्यू अपडेट: सर्वदलीय बैठक जारी

केही तत्वहरू फेरि अधिनायकवाद लाद्ने असफल दुष्प्रयास गरिरहेका छन्: पूर्णबहादुर खड्का

सामाजिक सद्भाव कायम राख्न जिल्ला प्रशासन कार्यालय रौतहटको अपील

सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्छ : अध्यक्ष तिमिल्सिना

अब नेपालीले भारतीय सीमकार्ड लिन पाउने