सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

इरानले अन्तरिक्षमा पठायो जनावर, ९ वर्षपछि मान्छेलाई पनि अन्तरिक्षमा पठाइने

२०८० मंग्सिर २१, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इरानले जनावरसहित एक रकेट अन्तरिक्षमा पठाएको छ । रकेटको क्याप्सुलमा जनावरलाई अन्तरिक्षमा पठाइएको हो ।

कुन जनावरलाई अन्तरिक्षमा पठाइएको हो भनेर खुलाइएको छैन । बाँदरसहितको रकेट पृथ्वीबाट १३० किलोमिटर माथिसम्म पुगेको बताइएको छ । समाचार संस्था एपीका अनुसार यसअघि सन् २०१३ मा पनि इरान जनावरलाई अन्तरिक्षमा पठाउन सफल भएको थियो । १० वर्षअगाडि इरानले दुईवटा बाँदर अन्तरिक्षमा पठाएको थियो, जसलाई सकुशल पृथ्वीमा फर्काइएको थियो ।

त्यसअघि सन् २०१० मा पनि इरानले कछुवा, मुसा र किरालाई अन्तरिक्षमा पठाएको थियो, यद्यपि त्यो अभियान असफल भएको थियो । सन् २००९ मा इरानले आफ्नो देशमा बनेको पहिलो भूउपग्रह अन्तरिक्षमा पठाएको थियो । अन्तरिक्षबारे विभिन्न परीक्षण गरिरहेको इरानले सन् २०२९ सम्ममा अन्तरिक्षमा मान्छेलाई पठाउने लक्ष्य लिएको छ ।

हाल परीक्षण गरिएको रकेट र क्याप्सुललाई देशको सिभिल स्पेस एजेन्सी र सैन्य वैज्ञानिकहरूले तयार गरेका हुन् ।अन्तरिक्षमा मानव अभियान सफल बनाउन जनावरसहितको अन्तरिक्ष अभियान महत्त्वपूर्ण रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राज्यसभामा सोनिया गान्धी भइन निर्बिरोध निर्वाचित

पुटिनका आलोचक नाभाल्नीकी पत्नीको टविटर खाता गराइयाे बन्द

नाइजेरियामा सत्तारुढ दलका प्रवक्ताको हत्या

मङ्गोलियामा ४९ वर्षपछि भारी हिमपातः चिसोले ६ लाख ६७ हजार पशु मरे

इरानले बनायो दुईवटा युद्धपोत जहाज

यसरी उदाउँदैछ एसियामा अर्को नयाँ शक्ति

इराकी राष्ट्रपतिद्वारा सद्रवादी कार्यकर्ता हत्याको निन्दा

इजरायलले गर्‍यो लेबनान माथी हमला, हताहत भए नभएको अझै खुलाइएन्

रूसी राष्ट्रपति पुटिनले दिए उत्तर कोरियाली तानाशाहलाइ कार उपहार

युट्युबका पूर्व सिइओका छोराको मृत्यु, ड्रग्सको ओभरडोजले मृत्यु भएको अनुमान

अन्टार्कटिका माथि इरानको पनि दाबी

इरानले बनायो युद्धपोत जहाज