सदाबहार खबरको रफ्तार ....
असोज १९, २०८१ शनिबार
October 5, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बर्दिवास : खानेपानी चोरी गरेर नै बर्षौदेखी उधोग संचालन

२०८० मंग्सिर २२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पछिल्लो समय  बर्दिवासमा पानीको समस्या बढीरहेको वेला बर्षौदेखी पानी चोरी गरेर उपभोग गरेको पाइएको छ ।

बर्दिवास साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले निरिक्षण गर्ने क्रममा बर्षौ चोरी गरेर उधोग नै संचालन गरेको भेटिएको हो । ९ बर्ष देखि टायल उधोगमा एक व्यापारीले खानेपानी चोरी गरेर उधोग संचालन गरेको र अन्य धेरै चोरीका घटनाहरु फेला पारेको उपभोक्ता समितिले जनाएको छ ।

`त्यस्ता धाराहरुको खोजी गरेर काटदै चोरी गर्नेहरुलाई कारवाही प्रक्रिया अगाडी बढाएका छौ,´ समितिका कोषाध्यक्ष भोजराज फुयालले भने ।

पानीको महसुल लामो समयदेखी नतिर्ने केही व्यापारी तथा ब्यक्तिहरुको धारा पनि काटिएको छ भने यो विचमा ३० लाख बक्यौता उठाईएको अध्यक्ष भुलन सेनले जानकारी दिए ।

व्यापारी, ब्यक्ती तथा उधोगहरुले खानेपानी संस्थानलाई २ करोड १५ लाख वक्यौता बुझाउन वाँकी छ । संस्थानले पटक-पटक उक्त वक्यौताको बिषयमा ताकेता गर्दा पनि अटेर गरे पछी धारा नै काटने प्रक्रिया अगाडि बढाइएको अध्यक्ष सेनले बताए ।

उनका अनुसार अहिलेसम्म नगरभित्र ८५ वटा धाराहरु काटिएको छ भने काटने क्रम जारी रहेको छ । काटेपछी केही संस्था तथा ब्यक्तिहरुले केही रकम बुझाउन आएको र बाँकी रकम तिर्न समेत समयसिमा मागेको हुनाले पुनः जडान पनि गरिरहेको कोषाध्यक्ष फुयालले जानकारी दिए ।

बर्दिवास वडा न.३ को गौरिडाडा, वडा न.१, वडा न.२ र वडा न.१४ का  बासिन्दालाई यस खानेपानी संस्थानले ५५४६ वटा धारा प्रदान गरिरहेको छ ।

यो विचमा पानीको समस्या वढन थालेपछि  उपभोक्ता समितिले पानी चुहावट तथा चोरीका बिषयहरुलाई निगरानी वढाएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गम्बोरोले पाँच हजार बढी कुखुरा मरे

ऋण गरेर जदुको किरिया गर्दै परिवार, कतार जाने सपना अधुरै

दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक

पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो

काउली उत्पादनले घरखर्च चलाउन सहज

कमलामाई र दूधौली नगरपालिकाद्वारा बाढीपहिरो प्रभावित पालिकालाई आर्थिक सहयोग

मन्थली–काठमाडौँ जोड्ने छोटो बाटो खुलाउने तयारी

दाउन्नेमा यातायात एकतर्फी सञ्चालनमा

ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता

च्याङ्ग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म

बाढीपीडित किसानको गुनासो- स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत