सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

खुम्चिँदै निर्जीवन बिमा कम्पनीको व्यवसाय

२०८० मंग्सिर २२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मुलुकमा सञ्चालित निर्जीवन बिमा कम्पनीहरूको व्यवसायमा सङ्कुचन आइरहेको छ ।

निर्जीवन बिमा कम्पनीहरूले कात्तिकमा दुई अर्ब २८ करोड रुपियाँको हाराहारीमा कुल बिमा शुल्क आर्जन गरेका छन् ।नियामक निकाय नेपाल बिमा प्राधिकरणले प्रकाशित गरेको निर्जीवन बिमा कम्पनीहरूको कात्तिकको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सङ्कलित बिमा शुल्कभन्दा २३ करोड १२ लाख ६८ हजार रुपियाँ कम अर्थात् ९.१९ प्रतिशत कम बिमा शुल्क उठेको हो ।

यो बिमा शुल्क सङ्कलन चालु आवकै असोजको तुलनामा पनि एक अर्ब सात करोड रुपियाँ अर्थात् ३२।०१ प्रतिशतले कमी हो । असोज महिनामा निर्जीवन बिमा कम्पनीहरूले तीन अर्ब ३६ करोड छ लाख रुपियाँ बिमा शुल्क सङ्कलन गरेका थिए ।

कम्पनीहरूको बिमाङ्क रकममा पनि उच्च गिरावट आएको छ । कात्तिकमा कम्पनीहरूको बिमाङ्क रकम पाँच खर्ब ४८ अर्ब ८९ करोड ६० लाख रुपियाँ रहेको छ ।

जुन अघिल्लो महिनाकै तुलना गरेर हेर्दा झन्डै चार खर्बले कमी हो । अघिल्लो महिना नौ खर्ब २९ अर्ब ६९ करोड सात लाख रुपियाँ रहेको थियो । गोरखापत्र दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्दै गण्डकी सरकार

सुन्तला बेचेर कृषकले उमाचोकमा भित्र्याए पाँच करोड

अब मुग्लिङ सडक बन्द नहुने

नेपाली राहदानीको वरीयता सुध्रिएन

रसुवा बन्दरगाह निर्माण साठी प्रतिशत सम्पन्न

नेपाल बन्ला शैक्षिक केन्द्र ?

नमुना प्रयास, नमुना पालिका

कांग्रेस महासमितिमा गठबन्धनको गलपासो

जन्मदर्ता नहुँदा पढ्नबाट वञ्चित

राजस्व संकलन र पुँजीगत खर्चमा सरकार असफल हुँदै

घट्यो दलहरूको आम्दानी

नेकपा एसका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बम एमालेमै फर्किए