सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

वाइडबडी खरिद प्रकरणमा अख्तियारले बोलायो ३ विदेशी कम्पनी

२०८० मंग्सिर २२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः वाइडबडी विमान खरिद प्रक्रियामा जोडिएका तीन विदेशी कम्पनीका सञ्चालकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ ।

नेपाल वायुसेवा निगमले वाइडबडी विमान खरिद गर्दा भएको भनिएको भ्रष्टाचार प्रकरणको अनुसन्धानका लागि अख्तियारले नेपाली मूलका बेलायती नागरिक दीपक शर्मा, जर्मन नागरिक क्रिश्चियन न्ह्युलेन र रोमानियाका नागरिक ओलेग कालिस्त्रुलाई १५ दिनभित्र उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको हो ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ४३ अनुसार नेपाल वायु सेवा निगमको ए–३३०–२०० विमान खरिदमा भएको भ्रष्टाचारको अनुसन्धानका लागि उनीहरूलाई सूचना प्रकाशित भएको १५ दिनभित्र राहदानीसहित हाजिर हुन निर्देशन गरिएको छ । ‘हालैको तस्बिरसहित कोठा नं. १०८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगाल कार्यालयमा व्यक्तिगत रूपमा हाजिर हुनुपर्ने जानकारी गराइन्छ, सूचनामा भनिएको छ, ‘यस सूचनाको अवहेलना गरेमा नेपालको प्रचलित कानुनबमोजिम थप कानुनी कारबाही हुनेछ ।’

अख्तियारले वाइडबडी जहाज खरिदको विषयमा २०७५ असोजबाट अनुसन्धान थालेको हो तर, अहिलेसम्म निश्कर्षमा भने पु-याएको छैन । निगमले दुइटा वाइडबडी विमान उत्पादक कम्पनीसँग नकिनी बिचौलियासँग करिब २४ अर्ब रुपैयाँमा किनेको थियो । त्यसमा बिचौलियाका नाटकीय कम्पनी खोलिएका थिए । त्यसको म्याक्सिमम टेक–अफ वेट (एमटीओडब्लू) समेत सम्झौताभन्दा कम ल्याएको थियो । वाइडबडी विमान खरिदमा संसद्को सार्वजनिक लेखा समिति र महालेखा परीक्षकको कार्यालयले भ्रष्टाचार ठहर गरेको थियो ।

सार्वजनिक लेखा समितिले निगमले एयरबसको दुइटा वाइडबडी जहाज किन्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो । अनियमिततामा तत्कालीन बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारी तथा दुई पूर्वपर्यटनमन्त्री जितेन्द्रनारायण देव र जीवनबहादुर शाहीलाई पनि दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो । अन्नपुर्ण पोष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्दै गण्डकी सरकार

सुन्तला बेचेर कृषकले उमाचोकमा भित्र्याए पाँच करोड

अब मुग्लिङ सडक बन्द नहुने

नेपाली राहदानीको वरीयता सुध्रिएन

रसुवा बन्दरगाह निर्माण साठी प्रतिशत सम्पन्न

नेपाल बन्ला शैक्षिक केन्द्र ?

नमुना प्रयास, नमुना पालिका

कांग्रेस महासमितिमा गठबन्धनको गलपासो

जन्मदर्ता नहुँदा पढ्नबाट वञ्चित

राजस्व संकलन र पुँजीगत खर्चमा सरकार असफल हुँदै

घट्यो दलहरूको आम्दानी

नेकपा एसका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बम एमालेमै फर्किए