काठमाण्डौंः राष्ट्रियसभाबाट निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा समेट्न भएको संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको छ।
बिहीबार राष्ट्रियसभामा संविधान संशोधन विधेयकको पक्ष र विपक्षमा मतदान भएको हो।मतदानपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको संविधानको दोस्रो संशोधन विधेयक पारित भएको घोषणा गरेका हुन्। प्रस्तावको पक्षमा ५७ मत परेको छ।
अब राष्ट्रियसभाबाट समेत विधेयक पारित भएको सूचना प्रतिनिधिसभालाई पठाइनेछ। दुवै सदनबाट पारित भएपछि सभामुखबाट प्रमाणित गर्नेछन्। त्यसपछि यसलाई अन्तिम प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनेछ।
सरकारले गत जेठ ७ गते लिम्पियाधुरासहितको क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो।
