सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जिवनराम श्रेष्ठ निर्वाचित

२०७६ भाद्र २९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नेपाल ओलम्पिक कमिटी (NOC) को अध्यक्षमा प्रतिस्पर्धी उमेशलाल श्रेष्ठलाई ७ मत अन्तरले हराँउदै जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । दोस्रो कार्यकालको लागी अध्यक्षमा उठेका जीवनरामले १७ मत पाएका थिए भने उमेशलाल श्रेष्ठले १० मत पाएका थिए । यसैगरी महासचिव लगायतका अन्य पोष्टहरूमा जीवनराम समुह निर्वाचित भएको छ ।

बिजयी हुनेहरूमा महासचिवमा निलेन्द्रराज श्रेष्ठ, ५ सदस्यीय उपाध्यक्षहरूमा ज्योती राणा,  चतुरानन्द राजवैद्य, तेजबहादुर गुरुङ, सुनिलकुमार श्रेष्ठ र अशोकरत्न बज्राचार्य रहेका छन् । त्यसैगरी उपमहासचिवमा पिताम्बर तिम्सिना, कोषाध्यक्षमा रतनकुमार टण्डन, ३ सदस्यीय सचिवमा दीपकहर्ष बज्राचार्य, तुलसी थापा, रामजीबहादुर श्रेष्ठ, केशब कुमार श्रेष्ठ निर्वाचित भएका छन् । ७ सदस्यीय सदस्यहरूमा बिजयी हुनेहरूमा रमेशप्रसाद शिवाकोटी, प्रकाशशम्सेर राणा, गोपालसुन्दर लाल कक्षपति, दीर्घबहादुर केसी, होमबहादुर दोङ, टासी घले, राम अवाले रहेका छन् ।

यसअघि नेपाल ओलम्पिक कमिटीको कार्यसमितिको निर्वाचनको मतदान कार्यक्रम भदौ २० गते तोकिएको थियो । निर्वाचन स्थगित गर्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्चले भदौ १७ गते अन्तरिम आदेश दिँदै निर्वाचन नगर्न आदेश गरेको थियो। सर्वोच्च अदालतले बाटो खोलिदिएपछि भदौ २८ मा निर्वाचन मिति तोकिएको थियो ।  कमिटीको नयाँ नेतृत्वका लागि जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ मैदान उत्रिएका थिए । निर्वाचनको पर्यवेक्षण अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाका प्रतिनिधिले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म छब्बिस करोड बढी राजस्व सङ्कलन

हराएका ६५ वटा मोटरसाइकलर र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

स्कटल्याण्ड र अमेरिकासँगको सिरिज खेल्न १५ सदस्यीय टिमको घोषणा

आरआर स्ववियुले प्रिमियर लिगको आयोजना गर्ने

आज पनि महिला फुटबल प्रतियोगिताका रोमाञ्चक खेल हुँदै

पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल

नेपालगन्ज १० म्युजिक नाइट रनमा अक्कल बहादुर पाल र सन्तोषी श्रेष्ठको उपाधि

निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न

जुम्लामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा हिमा गाउँपालिका प्रथम

नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

गण्डकी प्रदेश अन्तरजिल्ला भलिबलको तयारी पूरा