सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘इट इज नट इजी जब , बट आइ एम डुइङ्ग- चिरिबावु महर्जन

२०७६ भाद्र २९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन अन्तर विद्यालय पौडी प्रतियोगिताका ’बिजयीलाई पुरस्कार दिन हात्तीबनस्थित लिटिल एन्जल्स स्कुल पुगेका छन् । 

आईतबार बिहान लिटिल एन्जेल स्कुलले आयोजना गरेको पौडी प्रतियोगिताको उद्घाटन गर्दै उनले भने, ‘मैले बाग्मती नदीमा पौडी खेलेको हुँ , त्यत्तिबेला बागमती अहिले जस्तो फोहोर थिएन ।’ बाग्मतीलाई पहिले जस्तो सफा बनाउन चुनौतिपूर्ण भएको नगरप्रमुख चिरीबाबुले बताए । बाग्मतीलाई पहिलेको जस्तो सफा बनाउन आफूले सक्दो प्रयास गरेको बताउँदै उनले भने, ‘इट इज नट इजी जब , बट आइ एम डुइङ ।’ ललितपुर महानगरले दुईवटा ट्रिटमेन्ट प्लान्ट बनाएको बताउँदै त्यसले बाग्मती सफा बनाउन सहयोग गर्ने बताए । 

विद्यालयका प्रधानाध्यापक मुकुन्दराज शर्माले ललितपुर महानगरपालिकाभित्र इतिहास बोकेका विद्यालय भएको बताउँदै ललितपुरलाई शैक्षिक हब भएको स्पष्ट पारे । उनले भने, ‘निजी मात्रै होइन, पुरानो इतिहास भएका सामुदायिक विद्यालयहरु ललितपुरमा छन् । ’ मुलुक संघीयतामा गएपछि शिक्षा क्षेत्र स्थानीय सरकारको मातहतमा आएको बताउँदै उनले स्थानीय सरकारले शिक्षा र विद्यालयलाई प्राथमिकतामा राख्नुपर्ने स्पष्ट पारे । 

निजी क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यो विद्यालयले २० वर्ष देखि अन्तर विद्यालय लिटिल एन्जल्स पौडी प्रतियोगिता आयोजना गर्दै आएको हो । विद्यालयका प्रधानाध्यापक मुकुन्द शर्माले भने, ‘ भुकुम्प लगायतका कारणले २ वर्ष हुन सकेन, नत्र निरन्तर गरिराखेका छौं । ’

प्रतियोगितमा उत्कृष्ट भएका विद्यार्थीलाई नगरप्रमुख चिरीबाबु महर्जन,वडा नं १५ का अध्यक्ष सुदर्शन मिश्र लगायतले पनि पौडी प्रतियोगितामा सफल भएका विद्यार्थीलाई पुरस्कार प्रदान गरेका थिए । उक्त प्रतियोगितामा ६५ विद्यालयका तीन सय ३२ जना विद्यार्थी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पशुपालक महिलाको सम्मेलन काठमाडौँमा

चितवनमा याक चिज

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही स्थानमा हल्का वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने पूर्वानुमान

‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

अपाङ्गता र संरक्षित परिवारका बालबालिकालाई छात्रवृत्ति

विद्यालय शिक्षा क्षेत्र योजनाको समीक्षा बैठक सुरु

बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी