सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘इट इज नट इजी जब , बट आइ एम डुइङ्ग- चिरिबावु महर्जन

२०७६ भाद्र २९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन अन्तर विद्यालय पौडी प्रतियोगिताका ’बिजयीलाई पुरस्कार दिन हात्तीबनस्थित लिटिल एन्जल्स स्कुल पुगेका छन् । 

आईतबार बिहान लिटिल एन्जेल स्कुलले आयोजना गरेको पौडी प्रतियोगिताको उद्घाटन गर्दै उनले भने, ‘मैले बाग्मती नदीमा पौडी खेलेको हुँ , त्यत्तिबेला बागमती अहिले जस्तो फोहोर थिएन ।’ बाग्मतीलाई पहिले जस्तो सफा बनाउन चुनौतिपूर्ण भएको नगरप्रमुख चिरीबाबुले बताए । बाग्मतीलाई पहिलेको जस्तो सफा बनाउन आफूले सक्दो प्रयास गरेको बताउँदै उनले भने, ‘इट इज नट इजी जब , बट आइ एम डुइङ ।’ ललितपुर महानगरले दुईवटा ट्रिटमेन्ट प्लान्ट बनाएको बताउँदै त्यसले बाग्मती सफा बनाउन सहयोग गर्ने बताए । 

विद्यालयका प्रधानाध्यापक मुकुन्दराज शर्माले ललितपुर महानगरपालिकाभित्र इतिहास बोकेका विद्यालय भएको बताउँदै ललितपुरलाई शैक्षिक हब भएको स्पष्ट पारे । उनले भने, ‘निजी मात्रै होइन, पुरानो इतिहास भएका सामुदायिक विद्यालयहरु ललितपुरमा छन् । ’ मुलुक संघीयतामा गएपछि शिक्षा क्षेत्र स्थानीय सरकारको मातहतमा आएको बताउँदै उनले स्थानीय सरकारले शिक्षा र विद्यालयलाई प्राथमिकतामा राख्नुपर्ने स्पष्ट पारे । 

निजी क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यो विद्यालयले २० वर्ष देखि अन्तर विद्यालय लिटिल एन्जल्स पौडी प्रतियोगिता आयोजना गर्दै आएको हो । विद्यालयका प्रधानाध्यापक मुकुन्द शर्माले भने, ‘ भुकुम्प लगायतका कारणले २ वर्ष हुन सकेन, नत्र निरन्तर गरिराखेका छौं । ’

प्रतियोगितमा उत्कृष्ट भएका विद्यार्थीलाई नगरप्रमुख चिरीबाबु महर्जन,वडा नं १५ का अध्यक्ष सुदर्शन मिश्र लगायतले पनि पौडी प्रतियोगितामा सफल भएका विद्यार्थीलाई पुरस्कार प्रदान गरेका थिए । उक्त प्रतियोगितामा ६५ विद्यालयका तीन सय ३२ जना विद्यार्थी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आज विश्व पर्यटन दिवस मनाइँदै

बनेको तीन महिनामै सडक भत्किएपछि…

एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

राष्ट्रिय सभा बैठक सर्‍यो

गरिबीले उमेर नपुग्दै विहे, सबै विहे सरोकारवालाले गराए बदर

डाक्टर कुटेको आरोपमा वडाध्यक्ष पक्राउ

शिक्षकको ग्रेड निजामती कर्मचारी सरह बनाउन शिक्षा मन्त्रालयको अर्थलाई पत्र

शिक्षकसँगको सम्झौतामा सरकार प्रतिबद्ध : कावा प्रधानमन्त्री खड्का

धनगढीमा भोलिबाट पाँच दिन विद्युत अवरुद्ध हुने

दशगजा क्षेत्रमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा नेपालीको शव फेला

काठमाडौँ र भक्तपुरमा एकै दिन १६ लाख बढीको चोरी