सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

CTEVT मा एक हप्तादेखी धर्ना दिदै राष्ट्रिय कर्मचारी संगठन

२०७६ भाद्र ३०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्राविधिक शिक्षा तथा व्यबसायिक तालिम परिषद् (CTEVT)मा कार्यरत कर्मचारीहरू विभिन्न ११ बुँदे मागहरू अघी सारि चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । CTEVT ब्यबस्थापनसँग मिति २०७५/०६/२१ र २०७६/०२/१३ गते भएको सहमतिको कार्यान्वयन गर्नुपर्ने मागहरू सहित भदौ २५ गते CTEVTका सदस्य सचिव पुष्परमन वाग्लेको कार्यकक्ष बाहिर १ घण्टा धर्ना दिएर शुरू गरेका हुन् । त्यसैगरी भदौ २६ गते दोस्रो दिन २ घण्टा धर्ना दिँदा पनि आफुहरूको माग पुरा गराउन CTEVT ब्यबस्थापनले कुनै चासो नदिएको भन्दै उक्त राष्ट्रिय कर्मचारी संगठनले मागहरू पुरा गराउने उद्देश्यले चरणबद्ध धर्ना तथा प्रदर्शन जारी राखेका छन् ।

CTEVT प्राङ्गणमा पाल तथा ब्यानर टाँगी दोस्रो दिन शुरू गरेको धर्नामा CTEVT ब्यबस्थापनसँग सेवा प्रवेशदेखी हालसम्म परिषदको केन्द्रिय कार्यालय भन्दा बाहिर नगएका कर्मचारीहरूलाइ तत्काल पहिलो चरणमा प्रदेश तथा शिक्षालयमा खटाउनुपर्ने, त्यसपछि क्रमशः बढी अवधि परिषद् कार्यालय बसेका कर्मचारीहरूलाइ प्रदेश कार्यालय तथा शिक्षालयमा खटाउनुपर्ने लगायतका ११ बुँदे मागहरू सहितको कालो ब्यानर समेत टाँगेका छन् ।

हाल दोस्रो चरणको आन्दोलनको कार्यक्रम अनुसार राष्ट्रिय कर्मचारी संगठन केन्द्रिय कार्यालयमा काम गर्ने ७५ जनाको टोलीले धर्ना शुरू गरेका छन् । उक्त संगठनका अध्यक्ष तेजबहादुर खत्रीको नेतृत्वमा बिहान १० बजेदेखी शुरू भएको धर्ना साँझ कार्यालय बन्द नहुँदासम्म जारी रहने ३ नम्बर प्रदेशका उपाध्यक्ष बिजेश बस्नेतले बताएका छन् । संस्थागत सुधारका लागी आफुहरूको माग पुरा नभए संगठनमा आवद्ध ४७  वटै इकाइ कमिटी परिचालन गरी देशैभरी धर्ना र प्रदर्शन गर्ने उक्त संगठनको योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

देशभरका गणित शिक्षकलाई प्रशिक्षण प्रशिक्षक तालिम

ट्राफिक प्रहरीले ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह’ मनाउने

सरकार र आन्दोलनरत राहत शिक्षकबीच कुन कुन मागमा भयो सहमति (पूर्णपाठ)

सरकार र शिक्षकबीच पाँच बुँदे सहमति

प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

४ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा असोज १९ गतेदेखि शुरु हुँदै (तालिका हेर्नुहोस)

सरकार र आन्दोलनरत राहत शिक्षकहरुबीच शिक्षा मन्त्रालयमा भोलि वार्ता हुने

श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध

सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको ताला खुल्यो

बिहीबार पनि काठमाडौंमा राहत शिक्षकको प्रदर्शन

विप्लव पुत्र प्रकाश विवाह बन्धनमा

ईः अभियन्ता र काठमाडौं महानगरपालिकाबीचको वार्ता निष्कर्षविहीन