काठमाण्डौः रग्वी वल्डकपमा सहभागी हुन रग्वी खेलाडीहरू नेपालको प्रतिनिधित्व गर्दै जापान प्रस्थान गरेका छन् । यही असोज ३ गते (२०१९ सेप्टेम्वर २०) देखी जापानमा शुरु हुन लागेको रग्वी वल्डकप अन्तर्गत एसिया रग्वीको व्यवस्थापन तथा वल्ड रग्वीको निमन्त्रणामा इम्प्याक्ट वियोण्ड प्रोजेक्टमा नेपालको तर्फबाट रग्वी संघका सचिव गोविन्द घिमिरेको नेतृत्वमा U-18 महिला क्याप्टेन मुस्कान आले मगर र U-18 पुरुष अविषेक वि.के. मंगलवार जापान प्रस्थान गरेका हुन् ।
उक्त प्रतियोगितामा एसियावाट फ्युचर प्लेयरको रुपमा आफ्नो देशको प्रतिनिधित्व गर्दै खेलाडीहरु सहभागि जनाउने छन् । यसले भविष्यमा रग्वी खेललाई विकास र विस्तारको सहयोग पुग्ने उद्धेश्यले विश्व रग्वीले निमन्त्रणा गराएको नेपाल रग्वी संघको केन्द्रिय प्रशिक्षक तथा दोस्रो राष्ट्रिय सम्मेलनबाट निर्वाचित केन्द्रिय सचिव गोविन्द घिमिरेले जानकारी गराएका छन् ।
उक्त खेलाडीहरुलाई संघका अध्यक्ष टंकलाल घिसिङ्ग, महासचिव चेतनराज गिरिले नेपाल रग्वी संघको कार्यालयवाट विदाई गरेका छन् ।