सदाबहार खबरको रफ्तार ....
भाद्र २६, २०८१ बुधबार
September 11, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जुम्लामा हिमपात, किसान खुसी

२०८० माघ १८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जुम्लामा आज बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो । सदरमुका खलङ्गामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ । ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएको जिल्लाको तिला गाउँपालिमा–१ का स्थानीय बासिन्दा पार्वती बुढाले जानकारी दिनुभयो  ।

यसवर्षको हिउँदेयामको पहिलो हिमपात हो । अहिले हिमपात भइरहेको छ । माघको महिना लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने किसान चिन्तामा थिए । जौ र गहुँबाली लगाएका किसान भने यो हिउँले निकै राहत भएको कृषि विकास कार्यालयले जनाएको छ ।

स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिउँले सहज हुने कृषि उद्यमी गोपाल रोकायाको भनाइ छ । जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पर्यटकीय मौसमको पखाईमा सौरेलीहरु

बायोग्यासबाट जैविक मल र एलपी ग्यास उत्पादन

काँचो केरामै विषादीको मात्रा भेटियो

मुस्ताङको चितुवा गुफा पूर्वाधारका अभावमा ओझेलमा

बेउलीवास–पूर्णगाउँ–पैँयुकोट–लुङ्खु सडक स्तरोन्नति

समावेशी ग्रामीण विकासका लागि कोरियाले एक अर्ब बढी सहयोग गर्ने

अपाङ्गता भएकालाई घरमै परिचपत्र

हीरापाटाका एक सय ५० घरमा धारा जडान

आज रत्नपार्क वितरण केन्द्र मातहतको बिजुली काटिने : कहाँ कहाँ बत्ती हुँदैन ?

आमालाई ‘सुत्केरी चूल्हो’, छोरी जन्मे पाँच हजार

मधेश प्रदेशका छ हजार हेक्टर वनक्षेत्र अतिक्रमित

वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी