सदाबहार खबरको रफ्तार ....
भाद्र २६, २०८१ बुधबार
September 11, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एमाले प्युठानको तीन दिवसीय जिल्लास्तरीय प्रशिक्षण सम्पन्न

२०८० माघ १८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा एमाले प्युठानले आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

तीन दिन प्रशिक्षण कार्यक्रमको एमाले पोलिटब्युरो सदस्य एवं प्युठानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्य थापाले समापन गरेका हुन् । तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै थापाले प्रशिक्षणमा सिकेको सिप मातहतको कमिटीमा सञ्चार गर्न आग्रह गरे ।

प्रशिक्षणको  सोमबारबाट सुरु भएको प्रशिक्षण कार्यक्रमको नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले शुभारम्भ गरेका थिए । प्रशिक्षण  गर्दै उपमहासचिव तथा पार्टीको केन्द्रीय स्कुल विभाग प्रमुख ज्ञवालीले जनताको बहुदलीय जनवादको मार्गदर्शन र महाधिवेशनका कार्यदिशा तथा कार्यभारका विषयमा प्रशिक्षण दिएका थिए । त्यस्तै केन्द्रीय कमिटी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले नेपालका राजनीतिक दलहरूको तुलनात्मक अध्ययन विषयमा प्रशिक्षण दिएका थिए ।

पार्टी पोलिटब्युरो सदस्य सूर्य थापाले प्युठान जिल्लामा कम्युनिष्ट आन्दोलनको इतिहास, वर्तमान र भविष्यका साथै प्युठानको समग्र विकासमा पार्टीको भूमिका र भावी योजनाका बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य ईश्वरी रिजालले मार्क्सवादी दर्शनशास्त्रको विषयमा प्रशिक्षण दिँदा  एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष  राधाकृष्ण कँडेलले लुम्बिनी प्रदेशमा पार्टी कामको अवस्था, केन्द्रीय सदस्य लक्ष्मण ज्ञवालीले नेपालको संक्षिप्त इतिहास र नेपाली समाजको चरित्र तथा विशेषता, केन्द्रीय स्कुल विभाग सचिव घनश्याम कोइरालाले प्रशिक्षण व्यवस्थापन, प्रस्तुति सीप, शैली र कला, केन्द्रीय स्कुल विभाग सदस्यहरू बद्री खनालले  राजनीतिक अर्थशास्त्र र वर्तमान अवस्था, रामशरण प्याकुरेलले संगठन निर्माण, व्यवस्थापन र परिचालन, वाईपी आचार्यले सूचना प्रविधिको विकास, ज्ञान र उपयोग विषयमा प्रशिक्षण दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

वडाध्यक्ष यादवको मृत्युबारे अनुसन्धान गर्न अध्यक्ष दाहालको आग्रह

माओवादी केन्द्रप्रतिको आकर्षण बढेको छः अध्यक्ष दाहाल

देउवाले बोलाए पदाधिकारी बैठक

मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक

प्रगतिशील इञ्जिनियर्स एशोसिएसनको उम्मेदवार घोषणा

उपसभापति गुरुङमाथि छानबिन हुनुपर्छ- गगन थापा

उद्योगमन्त्रीसँग कतारी राजदूतको शिष्टाचार भेट

पोखरामा रवि लामिछानेविरुद्ध कालोझण्डा र नाराबाजी

पन्ध्र लाख खर्चेर बिपी कोइरालाको सालिक निर्माण

अनेरास्ववियु (क्रान्तिकारी) गण्डकी अध्यक्षमा गुरुङ विजयी

सङ्गठन सुदृढीकरणमा लाग्न अध्यक्ष दाहालको जोड

संविधान कार्यान्वयनमा जनताको खबरदारी आवश्यक छः अध्यक्ष दाहाल