काठमाण्डौंः काठमाडौंबाट बैंकक प्रस्थान गर्न लागेका यात्रुको झोलाबाट पैसा चोरी गरेको आरोपमा नेपाल वायुसेवा निगमका लोडर पक्राउ परेका छन् ।
याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको अभियोगमा दैलेख महावु गाउँपालिका–३ घर भई काठमाडौं काँडाघारी बस्ने ३५ वर्षीय देव बहादुर सुनार बुधबार पक्राउ परेका हुन् ।
याङ्गहाङले आफ्नो थाई भाट चोरी भएको भनी निवेदन दिएपश्चात् सिसिटिभीसमेतको अवलोकन गरी प्रारम्भिक अनुसन्धान गर्दा देवबहादुरको गतिविधि शङ्कास्पद देखिएकोले नियन्त्रणमा लिएर अनुसन्धानको क्रममा उनले उक्त थाई भाट चोरी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
साथै, उनको शरीर तथा लकर तलासी गर्दा विभिन्न दरका थाई भाट १९ हजार ४ सयसमेत बरामद भएको छ ।