सदाबहार खबरको रफ्तार ....
भाद्र २७, २०८१ बिहिबार
September 12, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रोहिङ्ग्या शरणार्थीको अर्को डुङ्गा इन्डोनेसियामा अवतरण

२०८० माघ १८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः एक सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी बोकेको एउटा डुङ्गा बिहीबार इन्डोनेसियाको सबैभन्दा पश्चिमी प्रान्तमा अवतरण भएको संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले बताएका छन् । यो सन् २०१५ पछि मुस्लिम बहुल मुलुक इन्डोनेसियामा सबैभन्दा बढी आगमनको हिस्सा हो ।

अधिकांश मुस्लिम रोहिङ्ग्याले म्यान्मामा ठूलो उत्पीडनको सामना गर्नुपरेको छ र प्रत्येक वर्ष हजारौँ मानिस मलेसिया वा इन्डोनेसियासम्म पुग्ने प्रयासमा प्राय कमजोर डुङ्गामा आफ्नो ज्यान जोखिममा राखेर लामो र महँगो सामुद्रिक यात्रा गर्छन् ।

‍राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीका सुरक्षा सहयोगी फैसल रहमानले बिहीबार बिहान पूर्वी आचेहमा कुआला पारेक गाउँको किनारमा डुङ्गा अवतरण भएको पुष्टि गर्नुभयो । उहाँले शरणार्थीहरूको यकिन सङ्ख्या ‘अझै पुष्टि हुन बाँकी रहेको’ तर स्थानीय अधिकारीहरूले एक सय ३७ शरणार्थी आएको अनुमान गरेको बताउनुभयो ।

‍राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीका अनुसार नोभेम्बरको मध्यदेखि जनवरीको अन्त्यसम्म अधिकांश महिला तथा बालबालिकासहित एक हजार सात सय ५२ शरणार्थी इन्डोनेसियाको आचेह र उत्तरी सुमात्रा प्रान्तमा पुगेका छन् ।

अति रूढिवादी इन्डोनेसियाली क्षेत्रहरूमा अल्पसङ्ख्यक समूहप्रतिको भावनामा परिवर्तनका कारण केही डुङ्गालाई समुद्रमा फिर्ता पठाइएको छ । आफैँमा दशकौँको रक्तपातपूर्ण द्वन्द्वको सम्झनामा रहेका धेरै आचेनीहरू आफ्ना मुसलमान साथीहरूको दुर्दशाप्रति सहानुभूति राख्छन् ।

यद्यपि अरुले भने आफूहरूको धैर्यको परीक्षा भइसकेको बताएका छन् । रोहिङ्ग्याहरूले दुर्लभ स्रोतहरूको उपभोग गर्ने र कहिलेकाहीँ स्थानीय बासिन्दाहरूसँग झगडा गर्ने उनीहरूले दावी गरेका छन् । डिसेम्बरमा आचेह विश्वविद्यालयमा सयौँ विद्यार्थीले एक सयभन्दा बढी रोहिङ्ग्या शरणार्थीका लागि अस्थायी आश्रयस्थलमा आक्रमण गरी उनीहरूलाई स्थानान्तरण गर्न बाध्य पारेका थिए ।

इन्डोनेसिया संयुक्त राष्ट्रसङ्घीय शरणार्थी महासन्धिको हस्ताक्षरकर्ता होइन र उसले आफूलाई म्यान्माबाट शरणार्थीहरू लिनका लागि बाध्य बनाउन नसकिने बताएको छ ।

राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीका अनुसार तीन हजार पाँच सयभन्दा धेरै रोहिङ्ग्याले सन् २०२२ मा दक्षिणपूर्वी एसियाली मुलुकहरूमा जोखिमपूर्ण यात्राको प्रयास गरेको विश्वास गरिन्छ । खतरनाक सामुद्रिक यात्रा पार गर्ने प्रयास गर्दा सो वर्षको प्रारम्भदेखि करिब एक हजार रोहिङ्ग्या मारिएको वा बेपत्ता भएको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको निधन

अमेरिकी विदेशमन्त्री ब्लिन्केन पोल्याण्डमा

दक्षिण चीन सागरमा विदेशी अतिक्रमणको सामना गर्ने चीनको भना

मणिपुरमा हिंसा वृद्धि भएपछि भारतीय प्रहरीद्वारा दर्जनौँ पक्राउ

गाजास्थित एक विद्यालय परिसरमा भएको इजरायली आक्रमणमा १८ जनाको मृत्यु

चीनका लागि जासुसी गर्ने पूर्व सीआईए अधिकृतलाई १० वर्षको जेल सजाय

पेरूका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको निधन

इरानले रुसलाई मिसाइल दिएपछि थप युद्धको डर

इजरायलद्वारा आत्महत्या रोकथाम अभियान सुरु

इराकसँग सम्बन्ध विस्तार गर्न इरानी राष्ट्रपतिद्वारा १४ सम्झौतामा हस्ताक्षर

मलेसिया प्रहरीद्वारा हेरचाह गृहबाट ४०० बालबालिकाको उद्धार

रफाहमा हमासका नेताको मृत्यु भएको इजरायली सेनाको दाबी