सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

श्रीमती हत्याको अभियोगमा राई पक्राउ

२०८० माघ १८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा झापा, दमक नगरपालिका वडा नं ७ का ३४ वर्षीय विनोद राई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालयका अनुसार इलामको माङसेवुङ घर भई हाल दमक–७ श्रीपाली टोलस्थित काजीमान श्रेष्ठको घरमा भाडामा बस्दै आएका उनले २८ वर्षीया श्रीमती ममिला राईलाई कुटपिट गरी हत्या गरेका हुन् ।

गए राति छिमेकीको घरमा जन्मदिनको भोज खाएर करिब १ः०० बजेतिर घर आएका बेला राई दम्पतीबीच झगडा भएको र झगडाका क्रममा विनोदले श्रीमतीमाथि निर्घात कुटपिट गरेको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले बताउनुभयो ।

कुटपिटबाट मृत्यु भएपछि आज बिहान मात्र ७.३० बजे स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि लगत्तै प्रहरीको टोली पुगेर अभियुक्त राईलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुुरु गरिएको उहाँले जानकारी दिनुभयो । मृतकको अनुहार र टाउकोमा चोट लागेको देखिएको र प्रहरीले शवको मुचुल्का उठाई परीक्षणका लागि दमक अस्पताल पठाइएको प्रनाउ लामाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

धम्क्याएर ५० लाख रकम माग्ने दुई जना पक्राउ

सुन जस्तो देखिने वस्तुसहित एक भारतीय पक्राउ

कपिलवस्तुका तत्कालीन वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जंगलमा धराप थाप्ने तीन जना पक्राउ

पूर्वमाओवादी लडाकु कमाण्डर बालिका बलात्कार आरोपमा पक्राउ

मोरङमा १७ वर्षीया किशोरी बलात्कृत

६१४ किलो गाँजासहित चितवन र मकवानपुरबाट ५ जना पक्राउ

पाँच सय ४२ किलो गाँजासहित दुई पक्राउ

चितवनमा ५४२ किलो गाँजासहित २ जना पक्राउ, २ वटा ट्रक नियन्त्रणमा

होटलमा लगेर १७ वर्षीया किशोरीमाथि बलात्कार, रिसोर्ट सञ्चालक गुरुङ पक्राउ

सशस्त्र प्रहरी बलका डिएसपीले ट्वाइलेटमा महिलाको अश्लील भिडिओ खिचेपछि …

१२ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय वृद्ध पक्राउ