सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपाल टेलिकमको खुद नाफा घट्यो

२०८० फागुण १, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्मा आएर नाफा कमाएको छ । टेलिकमले ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत वर्ष यसले ४ अर्ब २५ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस कम्पनीको सञ्चालन आम्दानी घटेपछि नाफामा गिरावट आएको हो र वित्तीय आम्दानी पनि घटेको छ । गत वर्ष यस कम्पनीले १८ अर्ब ७ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । अहिले उक्त आम्दानी घटेर १७ अर्ब २४ करोड रुपैयाँमा झरेको छ ।

त्यसैगरी, वित्तीय आम्दानी पनि ३ अर्ब ९५ करोडबाट घटेर ३ अर्ब ६१ करोड रुपैयाँमा झरेको छ । टेलिकमको अन्य श्रोतबाट हुने आम्दानी भने ६ करोड ६८ लाखबाट बढेर ४४ करोड ६४ लाख पुगेको छ । हाल यसको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । टेलिकमको रिजर्भ कोषमा ७२ अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।

यता, कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । गत वर्ष ४७ रुपैयाँ २८ पैसा रहेको यसको प्रतिसेयर आम्दानी अहिले घटेर ४३ रुपैयाँ ६८ पैसामा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ भने ५०३ रुपैयाँ ७६ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मोबाइल बम जस्तै बिष्फोट हुन सक्छ, गल्तिले पनि यी काम नगर्नुहोस्

यस्तो छ आईफोन १६ को क्यामेरा

एआईलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनीतिक सहकार्य

टिकटकको प्रतिवद्धता व्यवहारिक कार्यान्वयनको सुनिश्चितता भए पुनः सञ्चालनमा ल्याउन नसकिन्छ : प्रधानमन्त्री

पत्रकारले मर्यादित तथा उत्तरदायी भएर कलम चलाऔँ : अध्यक्ष बस्नेत

हुम्लाका विकट गाउँमा पुग्यो फोरजी सेवा

सञ्चार क्षेत्रलाई ज्ञानमा आधारित उद्योग बनाउनुपर्छः गङ्गानारायण श्रेष्ठ

बिजनेस इमेल महिनाको एकसय मात्रै !, यस्ता छन् Thulo.Com को अन्य अफरहरु

यस्तो छ ‘सामसङ’ नामको अर्थ

इन्स्टाग्राममा अब एआई सुबिधा, म्यासेजमा जाेडियाे एआई उपकरण

आजदेखि ई–भिसा लागू

सन् २०२२ मा भारतमा साइबर अपराधमा २४ प्रतिशतले वृद्धि