सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विद्यालयको अक्षयकोषमा चार महिनामा २३ लाख ३६ हजार सङ्कलन

२०८० फागुण १, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ स्थित केदार माध्यमिक विद्यालयको अक्षयकोषमा रू २३ लाखभन्दा धेरै रकम सङ्कलन भएको छ ।

विद्यालयले चार महिनाको अवधिमा रू २३ लाख ३६ हजार आठ सय ८२ रकम सङ्कलन गरेको हो । गत असोज २७ गतेदेखि रू ३६ लाख रकम सङ्कलन गर्ने उदेश्यका साथ सुरु गरिएको कोषमा दुई सय चार दाताबाट उक्त रकम सङ्कलन भएको विद्यालयका सूचना अधिकारी सुवास भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार रू १० हजारभन्दा माथि सहयोग गर्ने एक सय ४७ र रु १० हजारभन्दा कम सहयोग गर्ने ५७ जना रहेका छन् । राष्ट्रिय वाणिज्य बैंकमा रहेको उक्त अक्षयकोषको रकमलाई मुद्दतीमा जम्मा गर्ने र ब्याजको ९० प्रतिशत रकम शैक्षिक गुणस्तर अभिवृद्धिमा खर्च गर्ने तथा १० प्रतिशत साँवामा गाभिने कार्यविधि बनाइएको विद्यालयले जनाएको छ ।

अक्षयकोषमा सबैभन्दा धेरै नेचासल्यान–४ घर भई हाल बेलायतमा बस्दै आएका खड्कसिंह राईले रु एक लाख ५० हजार सहयोग गर्नुभएको थियो । अक्षयकोषमा नेपालको पश्चिम क्षेत्रबाट सहयोग प्राप्त भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज कट्टेलले बताउनुभयो । सो विद्यालय गत आर्थिक वर्ष कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट जिल्लाकै उत्कृष्ट घोषित भई रू १४ लाख ५० हजारसहित पुरस्कृत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बेलायतका विद्यालयमा मोबाइल फोन लैजान रोक

कोरियन भाषा परीक्षा २०८१ पुस २ गतेसम्म

त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ : प्रधानमन्त्री दाहाल

विद्यालयमा राजनीतीकरण, महिला सदस्यको विषयमा विवाद हुँदा अभिभावक भेला फेरि स्थगित

गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्न मुख्यमन्त्री शर्माको आग्रह

विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुन्छ: प्रधानमन्त्री

कोरियन भाषा परीक्षा आजदेखि सुरु

त्रिविको उपकुलपतिमा तीन उम्मेदवारको नाम सिफारिस

पढ्दै कमाउँदै : विद्यार्थी चित्रकलामा रमाउँदै

कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक

विश्वविद्यालयको शिक्षा युवा पलायन रोक्ने हुनुपर्छ : मुख्यमन्त्री पाण्डे

लमजुङ क्याम्पसको शैक्षिक गतिविधि अनिश्चितकालका लागि बन्द