सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

माओवादी केन्द्रको विधान सम्मेलन सुरु

२०८० फागुण १, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन राजधानीमा सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सम्मेलनको सुरु भएको हो ।

कलाकारहरुले अन्तर्राष्ट्रिय गीत गाएपछि विधान सम्मेलन सुरु भएको हो । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका माओवादीका नेताहरुले सहिदको तस्बिरमा माल्यापर्ण गर्नुभएको थियो ।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय सङ्गठनका पदाधिकारीको सहभागिता रहनेछ ।

पार्टीलाई व्यवस्थितरुपमा सञ्चालनका निम्ति आवश्यक विधान बनाउन सम्मेलन आयोजना गरिएको माओवादीले जनाएको छ । पार्टीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । सो समितिमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा, सचिव सुरेन्द्र कार्की र गणेश साह सदस्य सदस्य हुनुहुन्थ्यो । समितिले गत पुस २७ गते पार्टी अध्यक्ष दाहाललाई विधानको मस्यौदा बुझाएको थियो ।

प्रस्तावित विधानमा माघ २६ र २७ गते भएको पार्टीको स्थायी समिति बैठकमा छलफल भएको थियो । गत भदौ १६ देखि पुस १७ गतेसम्म सञ्चालित पार्टी रुपान्तरण अभियानको समीक्षा गर्न आइतबार र सोमबार भएको केन्द्रीय समितिको बैठकमा विधान सम्मेलनको तयारीका बारेमा पनि छलफल भएको थियो । छलफलमा सहभागी केन्द्रीय सदस्यले विधानको मस्यौदालाई सङ्क्षिप्त र कार्यान्वयनयोग्य बनाइनुपर्ने तथा पार्टीको संरचनालाई चुस्त बनाइनुपर्नेमा जोड दिनुभएको थियो ।

सम्मेलनलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारले आज (जनयुद्ध दिवस)को स्मरणमा सार्वजनिक बिदा दिए पनि अदालतको आदेशलाई सम्मान गरेको बताउनुभयो । उहाँले सरकारीस्तरमा दिवस मनाउन नपाए पनि आज देश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी सो दिवस मनाइएको बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले शान्ति प्रक्रियालाई पूरा गरेर आगामी दिनमा थप व्यवस्थितरुपमा दिवस मनाउने विश्वास व्यक्त गर्नुभयो । जनयुद्ध र जनआन्दोलनको संयोजनबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र नेपालको शान्ति प्रक्रिया मौलिकरुपमा पूरा भएको उहाँको कथन थियो । नेपालमा हाल भएको परिवर्तन मौलिकरुपमा अगाडि बढेको, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र समाजवादोउन्मुख लोकतन्त्र संविधानमा लिपिबद्ध भएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कांग्रेस महासमिति बैठकः प्रतिवेदनमाथि सुझाव दिन एक जनालाई ५ मिनेट

पीडितले न्याय पाउने गरी टिआरसी टुङ्ग्याउनुपर्ने

कांग्रेस महासमिति बैठकमा पाँच प्रतिवेदन पेस, बुधबार छलफल

कांग्रेस महासमितिबाट प्रवासमा रहेका नेपालीको थप अधिकार सुनिश्चित गरिनुपर्छ : नेता विष्ट

निर्वाचनमा गोरखा गएको औचित्य पुष्टि हुनेगरी काम गर्छुः प्रधानमन्त्री

कांग्रेस महाधिवेशनबाट प्रवासमा रहेका नेपालीको थप अधिकार सुनिश्चित गरिनुपर्छ : नेता विष्ट

यस्तो छ विश्वप्रकाशको राजनीतिक प्रतिवेदनः गठबन्धन आगतको सम्झौता होइन, विगतले बोकाएको अभिभारा हो (पूर्ण पाठ)

उपसभापति खड्काको नीति प्रस्तावः जिम्मेवार कांग्रेस, समुुन्नत देश

बैठकमा सदस्यले मोबाइल चलाएपछि केपी ओलीको आक्रोश

सत्तारुढ गठबन्धन पूर्णतः असफल, देश संकटमा : केपी ओली

मानवताविरुद्ध अपराधमा सजाय घटाउनु हुँदैन : केपी ओली

निवेदन दिएर राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना हुँदैन : कमल थापा