सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

खाद्यान्नबालीमा आत्मनिर्भर बनाउन सरकार लागिपर्छ : कृषिमन्त्री

२०८० फागुण १, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सङ्घीय कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले  मुलुकमा खाद्यान्नबालीतर्फ धान, मकै, गहुँलाई दिगोरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले गुरुयोजनासहित किसानको घरदैलोमा पुग्ने र उत्पादनलाई आधुनिक प्रविधिमा जोड्ने मूल लक्ष्य लिएको बताउनुभएको छ ।

हेटाँैडाको ५५औँ नगर स्थापना दिवसको उपलक्ष्यमा हेटौँडा उपमहानगरपालिकाद्वारा आज आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै कृषि उत्पादन, पशुपालन र माछाको उत्पादन वृद्धि गर्न सरकारले अब स्थानीय निकायलाई बहुवर्षीय योजना अन्तर्गत स्रोतसाधनसहित जनशक्ति उपलब्ध गराउनेतर्फ गृहकार्य भइरहेको जानकारी गराउनुभयो ।

मुलुकमा खाद्यान्नको अभाव हुने अवस्थाको अन्त्यका लागि सङ्घीय सरकारले तत्कालै रु ५५ अर्बको खाद्यान्न बाह्य मुलुकबाट आयात गरिने लक्ष्यका साथ स्रोतसाधन परिचालन गरेको उहाँले बताउनुभयो । मन्त्री भुसालले प्रदेशका स्थानीय तहले पनि आ–आफ्नो निकायमार्फत् स्थानीयस्तरमा खाद्यान्नबाली, मौसमी तरकारी, दूध उत्पादन र माछाको उत्पादनका लागि वार्षिक कार्यक्रम तर्जुमा गरिँदा थप स्रोतसाधन परिचालन गर्नेतर्फ जिम्मेवारीबोध गर्न आह्वान गर्नुभयो ।

हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना लामाले उपमहानगरपालिकाले वडा नंं १ देखि १९ सम्म भूगोल अनुसारको कृषि उत्पादन, पशुपालन र माछापालनका लागि कृषि पकेट कार्यक्रम तर्जुमा गरिएको र स्थानीय किसानलाई उन्नत प्रविधिबाट खेती गर्ने प्रावधानलाई अघि बढाउन आवश्यक जनशक्ति परिचालन गरिने बताउनुभयो । मकवानपुरलाई खाद्यान्नतर्फ आत्मनिर्भर बनाउने लक्ष्यका साथ उपमहानगरपालिकाले काम गरेको उहाँको भनाइ थियो ।

सो अवसरमा मकवानपुरका प्रमुख जिल्ला अधिकार सूर्यप्रसाद सेढाईं, हेटौँडा उप–महानगरपालिकाका उपप्रमुख राजीव बानियाँ, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरका उपसचिव सीता विष्टले जिल्लाका स्थानीय तहले जनताको पूर्वाधार विकासका साथै कृषि उत्पादन, पशुपालनका लागि घाँसखेती र सिँचाइको थप योजनालाई कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कांग्रेस महासमिति बैठक: पेश भएका प्रतिवेदनमाथि आज छलफल हुने

परराष्ट्रमन्त्री भोलि भारत भ्रमणमा जाँदै

मन्त्रिपरिषद् बैठकका ७१ निर्णय (पूर्णपाठसहित)

प्रधानमन्त्री दाहालसँग बेलायतका विकासमन्त्री मिचेलको शिष्टाचार भेटवार्ता

फिरंगी नेता नेतृत्वमा पुग्दा रौतहट पछि पर्‍याे: प्रभु साह

पर्सामा एकअर्काको धार्मिक स्थलमा विरोध नगर्नेसहित ५ बुँदे सहमति 

वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री सर्लाही आउने

वीरगञ्ज कर्फ्यू अपडेट: सर्वदलीय बैठक जारी

केही तत्वहरू फेरि अधिनायकवाद लाद्ने असफल दुष्प्रयास गरिरहेका छन्: पूर्णबहादुर खड्का

सामाजिक सद्भाव कायम राख्न जिल्ला प्रशासन कार्यालय रौतहटको अपील

सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्छ : अध्यक्ष तिमिल्सिना

अब नेपालीले भारतीय सीमकार्ड लिन पाउने