सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपाली कांग्रेसका नेताहरूद्वारा महासमिति बैठक स्थल निरीक्षण

२०८० फागुण १, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसका उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका पदाधिकारीले आगामी फागुन ७ देखि हुन गइरहेको महासमिति बैठक स्थलको निरीक्षण गरेका छन्। ललितपुरको गोदावरीमा फागुन ७ देखि १० गतेसम्म नेपाली कांग्रेसको महासमिति बैठक हुँदैछ।

बैठक स्थलको निरीक्षण गर्दै उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका उपसभापति पूर्णबहादुर खड्काले अहिलेसम्मको तयारी राम्रो भएको भन्दै आवश्यक थप तयारी जिम्मेवारी अनुसार व्यवस्थित तरिकाले सम्पन्न गर्न आग्रह गरे।

महासमिति बैठका लागि गठन गरिएका समितिले आ-आफ्नो जिम्मेवारी अनुसारको काम समयमा सम्पन्न गर्न पनि खड्काले आग्रह गरेका छन्। तयारीका लागि केन्द्रीय समिति वा केन्द्रीय तहबाट गर्नुपर्ने सबै सहयोग र समन्वय गरिने भन्दै सबै तयारी समयमा सक्न उनको आग्रह थियो।

स्थलगत निरीक्षणका क्रममा महासमिति बैठक तयारीका लागि गठित विभिन्न समितिका प्रमुखहरूले आ-आफ्नो जिम्मेवारीमा रहेका कामको अवस्थाबारे बारे जानकारी पदाधिकारीहरूलाई गराएका थिए।

निरीक्षण कार्यक्रममा कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, केन्द्रीय सदस्यहरू उदयसम्शेर राणा, जितजंग बस्नेत लगायतका नेताहरू पनि सहभागी भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पीडितले न्याय पाउने गरी टिआरसी टुङ्ग्याउनुपर्ने

कांग्रेस महासमिति बैठकमा पाँच प्रतिवेदन पेस, बुधबार छलफल

कांग्रेस महासमितिबाट प्रवासमा रहेका नेपालीको थप अधिकार सुनिश्चित गरिनुपर्छ : नेता विष्ट

निर्वाचनमा गोरखा गएको औचित्य पुष्टि हुनेगरी काम गर्छुः प्रधानमन्त्री

कांग्रेस महाधिवेशनबाट प्रवासमा रहेका नेपालीको थप अधिकार सुनिश्चित गरिनुपर्छ : नेता विष्ट

यस्तो छ विश्वप्रकाशको राजनीतिक प्रतिवेदनः गठबन्धन आगतको सम्झौता होइन, विगतले बोकाएको अभिभारा हो (पूर्ण पाठ)

उपसभापति खड्काको नीति प्रस्तावः जिम्मेवार कांग्रेस, समुुन्नत देश

बैठकमा सदस्यले मोबाइल चलाएपछि केपी ओलीको आक्रोश

सत्तारुढ गठबन्धन पूर्णतः असफल, देश संकटमा : केपी ओली

मानवताविरुद्ध अपराधमा सजाय घटाउनु हुँदैन : केपी ओली

निवेदन दिएर राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना हुँदैन : कमल थापा

कांग्रेसले महासमितिमा सनातन हिन्दु धर्मलाई आधिकारिक एजेण्डा बनाउनुपर्छ : नेता शाही