सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

अंगीकृत नागरिकता मधेसका वास्तविक महिलाको उत्थानका लागि ल्याइएको सांसदहरूको दावी

२०७७ असार ९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं:  राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई विवाह गरेको ७ वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने व्यवस्था मधेसका वास्तविक महिलाको उत्थानका लागि ल्याइएको बताएका छन् ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा उनले विदेशबाट आएका महिलाले राजनीतिलगायतका क्षेत्रमा मधेसी महिलाले पाउने कोटा पाएकाले उनीहरू पछि परेको उनले धारणा राखेका थिए ।

वास्तविक मधेसका नारीका उत्थानका निम्ति यो विधेयक ल्याएको हो । विदेशबाट नारी ल्याएर उनीहरूलाई फटाफट नेता बनाएर, मन्त्री बनाएर हिँड्ने ? वंशज मधेसी नागरिकहरूले, किसानहरूको संरक्षण गर्ने त्यहाँका सम्भ्रान्त र नेतालाई मतलब छैन, विडारीले भने ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिबाट प्रतिवेदनसहित पास भएर संसदमा जान लागेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रिय सभामा छलफल गर्नु संसदीय व्यवस्थाविपरीत भएको पनि बिडारीको भनाइ थियो । प्रतिनिधिसभाको समितिमा रहेको विधेयकका बारेमा राष्ट्रिय सभामा बोल्नुपर्ने भयो । यता आएपछि बोलेको भए हुन्थ्यो, उनले भने ।

नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने व्यवस्था गरेकोमा प्रतिपक्षी कांग्रेस, राजपा र समाजवादीका सांसदहरूले राष्ट्रिय सभाको बैठकमा विरोध गरेका थिए । सोमबार र मंगलबारको बैठकमा प्रतिपक्षी सांसदहरूले उक्त विधेयकमा धारणा राखेका थिए भने मंगलबारको बैठकमा सत्तारुढ नेकपाका सांसदहरूले त्यसको जवाफ दिएका थिए ।

उक्त व्यवस्थाको सडकमा पनि विरोध भइरहेको तर्फ लक्षित गर्दै सांसद विडारीले भने, बुहारीसँग किन डराएको ? भन्ने नारा लगाउनेले हाम्रा छोरीलाई भारतमा किन हेपाएको ? भन्न किन नसकेको ?

वैवाहिक अंगीकृत नागरिकता विवाह गरेको ७ वर्षपछि दिँदा संस्कृतिमाथि प्रहार भएको भन्ने कुरा मनगढन्ते भएको विडारीको भनाइ थियो । उनले संवेदनशील कुरा राख्दा ख्याल गर्न आग्रह गरेका थिए ।

नेपाल सार्वभौम मुलुक भएको र सोही आधारमा आफ्नो नागरिकता नीति ल्याएको उनको भनाइ थियो । विगतका जस्तो व्यवस्था गर्न नसकिने सांसद विडारीको भनाइ थियो ।

नेकपाकी सांसद भगवती न्यौपानेले पनि नागरिकता विधेयकका बारेमा राष्ट्रिय सभामा प्रतिपक्षी दलका सांसदले उठाएका विषयको विरोध गरेकी थिइन् ।

प्रतिनिधिसभामा नागरिकता विधेयकको एउटा प्रतिवेदन पेस हुन लागेको तर त्यसबारे राष्ट्रिय सभामा बहस हुन नहुने उनको भनाइ थियो । उनले विगतमा नागरिकता कानुनमा त्रुटि भएको बताउँदै अब निश्चित मापदण्ड बनाउनुपर्ने बेला आएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव

विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड

सभामुख अर्याल र अध्यक्ष याङ्गबीच शिष्टचार भेट

सभामुख अर्यालसंग फ्रान्स–नेपाल संसदीय समूहका अध्यक्ष पिरोनको शिष्टाचार भेट

अध्यक्ष दाहालसँग फ्रान्स–नेपाल संसदीयमैत्री सामूहिक भेट

विकासका लागि साझा संवाद गरौँ: सभामुख अर्याल

सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल

छठले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता बलियो बनाओस् : सभामुख अर्याल

मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा होः सभामुख अर्याल