काठमाण्डौंः अवैध रुपमा दश लाख रुपैयाँ फिराैती मागेको अभियोगमा काठमाडौं प्रहरीका घुमुवा (सीआईडी) सहित २ जना पक्राउ परेका छन् ।
महानगरिय प्रहरी परिसर काठमाडौंका प्रहरी हवल्दार धिरेन विष्टलाई हुण्डी कारोबार गर्ने व्यक्तिसँग रकम मागेको अभियोग छ ।
महानगरीय अपराध महाशाखाको टोलीले प्रहरी हवल्दार बिष्ट र विक्रम चन्दलाई पक्राउ गरेको जनाएको छ । विष्ट महानगरीय प्रहरी परिसर काठमाण्डौंका सादा पोशाकमा खटिने प्रहरी हुन् ।
विष्टसँगै पक्राउ परेका चन्द भने प्रहरी प्रधान कार्यालयको २ नम्बर गणमा कार्यरत छन् । विष्टले चन्दसँग मिलेर न्युरोडका एक व्यापारीबाट १० लाख मागेको खुलेको छ । उनीहरूलाई महाशाखाको टोलीले बुधबार नियन्त्रणमा लिएको छ ।
