सदाबहार खबरको रफ्तार ....
बैसाख १३, २०८१ बिहिबार
April 25, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जानीराखौँ यौन खेलौनाबाट कस्ता-कस्ता फाइदा र बेफाइदा हुन्छन

२०७७ असार ११, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं:  दुई महिनाभन्दा बढी समयदेखि हामी घरभित्रै बस्न बाध्य छौँ । यौन पार्टनर नहुने व्यक्तिले यौनसुखबाट विमुख हुनुपर्ने बाध्यता बढ्दो छ । जबर्जस्ती यौन चाहनालाई दबाउन खोजेको खण्डमा मानसिक समस्या निम्तिनबेर लाग्दैन । यस्तो परिस्थितिमा यौन खेलौना राम्रो विकल्प हुन सक्छ ।

विवाहपूर्व यौनसम्बन्ध अस्वीकार्य हुने हाम्रो जस्तो समाजमा यौन खेलौनाको उपयोग गतिलो विकल्प हुन सक्छ । त्यसैले पनि नेपालका शहरी क्षेत्रमा विगत केही वर्षदेखि यौन खेलौनाको बिक्रीवितरण बढ्दो छ ।

यौन खेलौना एक जनाले मात्र प्रयोग गर्ने गरेको खण्डमा कुनै पनि यौन रोग सर्दैन । गर्भधारणको चिन्तै हुँदैन । देशमा अहिले यौन अपराधका घटना बढिरहेका छन् । पोर्नोग्राफी वा यस्तै अन्य कुनै कारण विकसित आफ्नो क्षणिक यौन उत्तेजनालाई मत्थर पार्न यौन खेलौनाले सघाउने हुनाले यौन अपराधमा कमी ल्याउन मद्दत गर्छ ।

कतिपय लागुपदार्थ दुव्र्यसनीले सुई साटफेर गरेजस्तै साथी-साथीले यौन खेलौना एकअर्कासँग सेयर गरेमा भने विभिन्न खाले यौन रोग सर्ने सम्भावना हुन्छ । कतिपय यौन खेलौना सफा गर्न एवं कीटाणुरहित पार्न गाह्रो हुन्छ । खेलौना राम्ररी सफा नगरीकन प्रयोग गरेमा एकअर्कामा विभिन्न यौनजन्य रोेगसर्ने सम्भावना हुन्छ । सबैजसो यौन खेलौना स्वास्थ्यमैत्री नहुन पनि सक्छन् । कतिपय खेलौनाको गलत प्रयोगका कारण यौनांगमा चोटपटकसमेत लाग्न सक्छ । गुणस्तरहीन सामग्रीबाट निर्माण गरिएका यौन खेलौनाका कारण छालाको समस्या निम्तिन सक्छ । एलर्जी हुन सक्छ ।

कम गुणस्तरीय, कमसल खालको यौन खेलौनाको सतह खस्रो र धारिलो खालको छ भने यौनांगमा घाउ लाग्ने, जलन हुने, यौनांग नै बिग्रिने सम्भावना पनि हुन्छ । लागुपदार्थ, मद्यपान, पोर्नोग्राफीजस्तै यौन खेलौनाको लतलाग्न सक्छ । कतिपय यौन खेलौना रियल लाइफ साइजकै हुनाले घर, डेरा होस्टेलमा लुकाएर राख्न सम्भव हुँदैन ।

यौन खेलौनाको प्रयोगबारे अन्य व्यक्तिले थाहा पाए असजिलो महसुस हुने, हीनभावना उत्पन्न हुने र आफूप्रति नै घृणा उत्पन्न हुने स्थिति बन्न सक्छ । यसकारण तनाव, डर, चिन्तालगायत मानसिक समस्या उत्पन्न हुन सक्छन् । बजारमा आएका नयाँ–नयाँ खेलौना किन्दै, घरमा थुपार्दै जाने प्रवृत्तिका कारण यो सोख खर्चिलो साबित हुन सक्छ ।

अमेरिकामा गरिएको एक अध्ययनअनुसार यौन खेलौना प्रयोग गर्ने १८ प्रतिशत महिलाले खेलौना सफा गरेको पाइएन । प्रत्येक पटक प्रयोग गरेलगत्तै यौन खेलौना सफा गरिएन भने विशेषतः योनि वा गुदद्वार मैथुनमा प्रयोग गरिने यौन खेलौना संक्रमित भएमा जननेन्द्रियमा संक्रमण हुन गई सेतो पानी बग्ने, चिलाउने, गनाउने पानी बग्ने, पिसाब गर्दा जलन महसुस हुने, यौन सम्पर्क राख्दा दुख्ने आदि समस्या निम्तिन सक्छन् ।

मद्यपान गरेको बेला पनि यौन खेलौना प्रयोग गरेको हुन सक्छ । यस्तो बेला सफा गर्ने हेक्का, जाँगर र सम्झना पनि नहुन सक्छ । प्रयोगपछि लुकाइराख्नुपर्ने बाध्यता आइलाग्न सक्छ । भोलि वा अन्य दिन फेरि प्रयोग गर्ने बेला भइसक्छ । त्यही यौन खेलौना यसो पुछपाछ गरेर काम चलाउने बानी बस्न जान्छ । अनि यौन खेलौना सफा गर्ने काम पनि छेपारोले घर बनाउनेजस्तै हुन जान्छ । यो निरस वा शरीरको अन्य स्रावयुक्त यौन खेलौनालाई सफा नगरी लुकाइराख्दा ओसिलोपनले यस्तो यौन खेलौनामा ढुसी पर्ने, फोहर जम्मा हुने सम्भावना रहन्छ ।

यौन खेलौना कसैसँग साटासाट गरी प्रयोग गरिएको खण्डमा एचआईभी, हेपाटाइटिस बी र सीजस्ता यौनजन्य संक्रमण हुने जोखिम रहन्छ । ‘सेक्सुअल्ली ट्रान्समिटेड डिजिज (एसटीडी) जर्नलमा उल्लेख भएअनुसार योनिभित्र छिराउने खालका यौन खेलौनाका कारण योनि एवं योनिमार्गको संक्रमणमा बढोत्तरी भएको छ ।

आफ्नो यौनांगको साइजसँग मेल नखाने यौन खेलौना छ, रक्सी वा लागुपदार्थले लट्ठिएको छ, अधिक यौन उत्तेजनाको बेलामा यौन खेलौनाको जथाभावी प्रयोग गरिएको छ भने यौनांगमा चोट पुग्ने तथा यौनांगको सतही झिल्ली ताछिने र च्यातिने सम्भावना बढी हुन्छ ।

यौनांगको सतहमा घाउ भइरहेकै बेला यौन खेलौना साटासाट गरी प्रयोग गरेमा यौन रोग सर्ने जोखिम झन् बढ्छ । कतिपय यौन सामग्री वा खेलौना पोलिभिनाइल क्लोराइड (पीभीसी) एवं रबरबाट बनाइएको हुन्छ । यस्तो सामग्रीले कतिपय व्यक्तिमा एलर्जी गराउने, डाबर उठाउने, जलन गराउने, यौनांग नै सुन्निने हुन्छ । सिन्थेटिकबाट बनाइएका कतिपय यौन खेलौनाले क्यान्सर गराउने सम्भावना हुन्छ ।

सही तरिकाले प्रयोग गर्न यौन सामग्रीको बाहिरी कभरमा उल्लिखित निर्देशन राम्ररी पालना गर्नुपर्छ । सावधानी अपनाइएन भने कतिपय यौन खेलौना योनि वा गुदद्वारमै अड्किने खतरा पनि हुन्छ । अमेरिकामा गरिएको एक अनुसन्धानअनुसार यौन खेलौनाका कारण हुने चोटपटकका घटनामध्ये ८३ प्रतिशत यौन खेलौना अड्किनेसँग सम्बन्धित पाइएको छ ।

डिल्डो वा भाइब्रेटरजस्ता खेलौनाबाहेक योनि वा गुदद्वारबाट रिमोट कन्ट्रोल, सेलफोन, क्यान बियर वा रेडबुलका बट्टा निकालिएका विवरण मेडिकल जर्नलमा उल्लेख गरिएका छन् । यस्तो दुर्घटना गुदद्वा र मैथुनमा बढ्ता हुने गरेको पाइएको छ । यौन खेलौनाका रूपमा पुरुष लिंगको फेदमा औँठीको प्रयोगबाट समस्या भएका घटना पनि छन् ।

लामो समयसम्म भाइ ब्रेटरजस्ता यौन सामग्रीको प्रयोगले यौनांगको कुनै भाग विशेष (जस्तो कि भगांकुर) लाई कालान्तरमा लाटो बनाउने अर्थात् संवेनदशीलतामा कमी ल्याउने हुन्छ । यसले गर्दा भविष्यमा प्राकृतिक यौन सम्बन्ध राख्दा यौन आनन्द लिन गाह्रो पर्न सक्छ । हिमालय दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ओस्कार बिजेता हलिउड अभिनेत्री भन्छिन्- ‘निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए’

इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट जीवित बच्चा निकालियो

राजकुमार ह्यारीले बदले आफ्नो ठेगाना

ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि…

जब अन्धविश्वासी रूसी यु-टयुबरले महिना दिनको बच्चालाई भोकै मारे….

फेला पर्‍याे अर्को विशाल ब्लाक होल, ‘सिल्पिङ ब्लाक हाेल’ कस्ताे छ त ? जान्नुहोस

विश्वकै सबैभन्दा जेठा जोडिएका जुम्ल्याहाको निधन

सर्प भन्दा बिषालु चरा, जसलाइ छोए मात्रै पनि मृत्यु हुन सक्छ

विश्वको सबैभन्दा अग्लो घन्टाघर, ६ किमी टाढैवाट सकिन्छ समय हेर्न

पेरूमा फेला परे सबैभन्दा लामाे आयु भएका ब्यक्ति, जसले मनाए १२४ औं जन्मोत्सब

सुर्य ग्रहणका दिन एक अमेरिकन ज्योतिषले दिइन श्रीमानको बली

गर्लफ्रेन्ड चाहियो भन्दै पैसा तिरेर फेसबुकमा विज्ञापन !