काठमाण्डौः कैलालीमा प्रहरी निरीक्षक र कानुन व्यवसायी ५० हजार घुससहित पक्राउ परेका छन् । बिहीबार जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यारत प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्ट ५० हजार घुस सहित पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरका सूचना अधिकारी टोपवहादुर विष्टले विशेष सूचनाको आधारमा उनीहरुलाई ५० हजार घुससहित पक्राउ गरिएको जानकारी दिए ।
सार्वजनिक हितविरुद्ध र जबरजस्ती करणी विरुद्धको मुद्धा मिलाईदिन्छु भन्दै उनीहरुले ५० हजार घुस लिदै गरेको अवस्थामा पक्राउ गरीएको हो । हाल उनीहरुमाथि थप अनुसन्धान भैरहेको विष्टले जानकारी दिए ।
