सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एनसेल काण्डले काँग्रेसका सांसद सञ्जय कुमार गौतमलाई आपत

२०७६ असोज १, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेस बर्दियाका सांसद एवं सभापति सञ्जय कुमार गौतमले बुधबार एक प्रेश विज्ञप्ती जारी गरी भ्रम फैलाउने समाचारप्रति आपत्ति जनाएका छन् । पार्टीको दवाबमा परेका सांसद गौतमले आफ्नो पूर्ण सहमतिमा प्रतिनिधीसभा अन्तर्गतको कानुन, न्याय तथा मानब अधिकार समितिबाट विकाश तथा प्रविधी समितिमा स्थानान्तरण गरिएको बताएका छन् ।

एनसेलको कर विवादबारे सर्वोच्चको फैसला अध्ययन गर्ने प्रस्ताव गरेपछि उनलाई पार्टीले गृह जिल्ला बर्दिया पुगेकै दिन भदौ २२ गते प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिबाट विकाश तथा प्रविधी समितिमा स्थानान्तरण गरेको थियो ।

आफूलाई जानकारी नै नगराई समितिबाट सरुवा गरिएको बताउदै आउने गौतमले एक साता नबित्दै बोली फेरी आफ्नो पूर्ण सहमतिमा  स्थानान्तरण गरिएको बताएका हुन् । बुधबार सांसद गाैतमले जारी गरेको प्रेश विज्ञप्तीमा भनेका छन् । “मेरो पूर्ण सहमतिमा प्रतिनिधीसभा अन्तर्गतको कानुन, न्याय तथा मानब अधिकार समितिबाट विकाश तथा प्रविधी समितिमा स्थानान्तरण गरिएको हो । तर विभिन्न सञ्चारमाध्यमहरूमा एनसेल कर सम्बन्धी बिषयसँग जोडी पार्टी सभापति एवं संसदिय दलका नेतालाइ समेत बदनाम गराउने एवं आम नागरिकमा भ्रम फैलाउने उद्देश्यका साथ प्रकाशन भएका समाचारहरू प्रति गम्भिर आपत्ती प्रकट गर्छु भनेका छन् ।

यद्दपी  पार्टीको बचाउ गर्न  गौतमले बुधबार जारी गरेको प्रेश विज्ञप्तीः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डिजिटल नेपाल बनाउने सपना छ : प्रधानमन्त्री दाहाल

चिनिया राष्ट्रपति सीसँगको वार्ता उत्साहजनक : प्रधानमन्त्री प्रचण्ड

विकास र सुशासनका लागि लागिरहन्छुः राष्ट्रपति पौडेल

प्रधानमन्त्री प्रचण्ड र चिनिया राष्ट्रपति बिच भेटबार्ता

शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु नेपालको प्रमुख एजेण्डा: प्रधानमन्त्री

हाम्रा कमजोरीका कारण लोकतन्त्रको आदर्शलाई अपव्याख्या गर्ने काम भयाे : राष्ट्रपति

आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछ : राष्ट्रपति पौडेल

संविधान दिवसमा राष्ट्रपतिबाट पाए ६७० जनाले कैद माफी

उपराष्ट्रपति यादव र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

हरितालिका तीज पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ: राष्ट्रपति पौडेल

चिकित्सक संघ र सरकारबीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता (पूर्णपाठ)

अमेरिका भ्रमणका बारे राष्ट्रपतिलाई गराए प्रधानमन्त्रीले जानकारी