काठमाडौ: सिडिओको सही छाप सहित नक्कली पास बिक्री वितरण गर्ने २ जना सिरहाबाट पक्राउ परेका छन् ।
लकडाउनको समय प्रमुख जिल्ला अधिकारीका सही छाप गरेको सादा प्रिन्टको पास कीर्ते बनाई बिक्री वितरण गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन् ।
लहान नगरपालिका-१ स्थित मेरो साईबर एण्ड ट्राभल्समा खान तलासी गर्दा वडा नम्बर ८ का साइबर सञ्चालक २० वर्षीय विजेन्द्र महतो र २२ वर्षीय प्रमेश्वर महतोलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक घिमिरेले जानकारी दिए ।
दुवै जनालाई विभिन्न कार्यालयको छाप, लेटर प्याड, डेलको ल्याप्टप एक थान, ब्रदर्शको प्रिन्टर एक थान, ब्रदर्शको कलर प्रिन्टर एक थान र एचपीको पेनड्राइभ एक थानसहित नियन्त्रणमा लिएर दुवै जनामाथि लिखित सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालेको सिरहा प्रहरीले जनाएको छ ।
