सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कति जिल्लामा प्रतिबन्धित भए अभियन्ता ज्ञानेन्द्र शाही (विज्ञप्ती सहित)

२०७६ असोज २, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः पर्यटन मन्त्री योगेश भट्टराईलाई दुर्व्यबहार गर्ने नेपालका लागी नेपाली अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीलाइ सत्तारूढ (नेकपा) निकट युवा संघले जिल्ला प्रवेशमा रोक लगाएका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गणतन्त्र बिरोधी अराजक समुहको गतिबिधिले सीमा नाघेको भन्दै प्रतिवाद गर्न युवा बिद्यार्थीलाई धुम्बाराहीबाट गत सोमबार निर्देशन दिए लगत्तै युवा संगठन प्रतिकारमा उत्रिएका हुन् ।

अध्यक्ष प्रचण्डको निर्देशन लगत्तै राष्ट्रिय युवा संघ कास्की, रूपन्देही, दाङ्ग र धनुषा जिल्लाका युवा संघ र वाइसिएलले संयुक्त रूपमा विज्ञप्ती जारी गरी अभियन्ता ज्ञानेन्द्र शाहीलाइ जिल्ला प्रवेशमा प्रतिबन्ध लगाएका हुन् । आफैले आफैलाई भ्रष्टाचार बिरोधी अभियन्ता घोषणा गरी प्रधानमन्त्री-मन्त्रीदेखि सत्तारुढ दलका नेतामाथि निरन्तर गालीगलौजमा उत्रिएकोले प्रतिबन्ध लगाउनु परेको युवा संघको आरोप छ ।

गत भदौ २८ गते नेपालगञ्ज एयरपोर्टमा पर्यटनमन्त्री एवं नेकपाका नेता योगेश भट्टराईमाथि नेपालका लागी नेपाली अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीको समुहले दुर्ब्यवहारको प्रयास गरेको उनिहरूले जारी गरेको प्रेश विज्ञज्प्तीमा जनाइएको छ ।

गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक विरूद्ध अभियान चलाउने ज्ञानेन्द्र बहादुर शाही (ज्ञानेन्द्र शाही) लाई धनुषामा प्रवेश निषेध गरिएको छ,’ राष्ट्रिय युवा संघ नेपाल, धनुषाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । कास्कील दाङ्ले पनि यस्तै ब्यहोराको बिज्ञप्ती जारी गरेको हो । युवा संघका संयोजक रामप्रसाद सापकोटा (दिपशिखा) र सह संयोजक रमेश पौडेलले यसअघि नै ज्ञानेन्द्र शाहीले हर्कत नसच्याए देशब्यापी प्रतिकारमा उत्रने चेतावनी दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एमाले बाग्मती अधिवेसन दुई दिन लम्बियो, आजवाट निर्वाचन प्रक्रिया सुरु

प्रधानमन्त्री दाहाल ल्हासा प्रस्थान, यस्तो छ आजको कार्यक्रम तालिका

भारतसँग सीमा जोडिएको झुलाघाट नाका बन्द

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त

सरकार र आन्दोलनरत चिकित्सकबीच गृहमन्त्रालयमा वार्ता सुरु

कामपा र सामाजिक अभियन्ता ई: को टोलीबीच वार्ता सुरु

छोङछिङमा प्रधानमन्त्री प्रचण्ड

डिजिटल नेपाल बनाउने सपना छ : प्रधानमन्त्री दाहाल

नेपाल–चीनबीच १३ बुँदे सम्झौता

प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण

विराटनगरको बिग होटेलमा कोशी प्रदेशको सुरक्षा बैठक बस्दै

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ– चिनियाँ प्रधानमन्त्री