सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

आधा घण्टामै लुटेरा प्रहरी नियन्त्रणमा

२०७७ असार १३, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौ: प्रहरी चनाखो हुँदा लुटपाट गर्ने समूह आधा घन्टामै पक्राउ परेको छ ।  भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं ४ स्थित आफ्नो बारीमा घाँस काटिरहेकी पार्वती गुरुङको गहना लुटपाट गर्ने समूह आधा घन्टामै पक्राउ परेको हो ।

घाँस काटिरहेकी गुरुङलाई चाँगुनारायण तर्फबाट आएका २ जना युवकले एक्कासी खुकुरी देखाई उनले लगाएको गहना लुटी दिँउसो एक बजे फरार भएका थिए । उक्त सूचना प्राप्त गर्नासाथ महानगरीय प्रहरी प्रभाग, साँखुका प्रहरी निरीक्षक गोविन्द पन्थीले आफ्नो एरियामा चारैतर्फ प्रहरी परिचालन गरी भाग्न सक्ने स्थानलाई घेराबन्दी गरी लुटपाटमा संलग्न २ जनालाई पक्राउ गरेका छन् ।

सिन्धुपाल्चोक घर भई भक्तपुर सुर्यविनायक बस्दै आएका ३१ बर्षीय विशाल तामाङ र बर्ष ४८ का मंगल तामाङलाई घटना घटेको आधा घण्टामै पन्थी नेतृत्वको प्रहरी टोलीले पक्राउ गरेको छ । लुटेराको साथबाट पीडित पार्वती गुरुङले लगाएको ९९ लाल सुनको एक जोर गहना र लुट्दा प्रयोग गरेको खुकुरी समेत बरामद गरेको छ । लुटेराले गहना लुट्दा पीडित गुरुङको कान नै च्यातिएको छ ।

प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक पन्थीले आफूहरुले घटनाको सूचना मेट्रो कन्ट्रोलबाट पाउनासाथ प्रहरी परिचालन गरी घेराबन्दी गरी लुटेरालाई पक्राउ गरेको र आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर, भक्तपुर पठाइएको बताए । पक्राउ परेका लुटेराले लुटेपछि कपडा बदल्ने गरेको पाइएकाले उनीहरु ब्यवसायिक भएको र धेरै ठाउमा लुटपाटमा संलग्न हुनसक्ने आशंका पनि प्रहरीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै

त्रिभुवन विमानस्थलबाट एक किलो ८०३ ग्राम सुन बरामद

स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ