सदाबहार खबरको रफ्तार ....
बैसाख ४, २०८१ मंगलबार
April 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जीवित मान्छेमा पहिलो पटक सुँगुरको मिर्गौला प्रत्यारोपण

२०८० चैत्र ९, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकामा बोस्टनका डाक्टरहरूले एक बिरामीमा जिन संशोधन गरिएको सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका छन् ।

ती बिरामी म्यासाचुसेट्समा बस्ने ६३ वर्षका रिचर्ड रिक स्लेम्यान भएको बताइएको छ । गएको शनिबार ती बिरामीको शल्यक्रिया गरेर सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनी बिस्तारै तङ्ग्रिरहेका छन् । अस्पतालबाट छिट्टै डिस्चार्ज हुने आशा गरिएको छ । जीवित व्यक्तिमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरेको यो पहिलो पटक भएको म्यासाचुसेट्स जनरल अस्पतालले बिहीबार एउटा विज्ञप्ति जारी गर्दै बताएको छ । सुँगुरको मिर्गौलाले कम्तीमा २ वर्षसम्म काम गर्ने आशा गरिएको छ ।

यसले काम गरेन भने स्लेम्यानको पुनः डाइलेसिस गर्नु पर्ने बताइएको छ । उनको शरीरमा सन् २०१८ मा मानव मिर्गौला प्रत्यारोपण गरिएको थियो । तर गएको वर्ष उनमा फेलियरको संकेतहरू देखिन थालेपछि उनी फेरि डाइलेसिसमै फर्किए ।

यस्तो स्थितिमा डाक्टरहरूले उनको शरीरमा सुँगुरको मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएका थिए । यसअघि दुई पुरुषमा सुँगुरको निज संशोधन गरिएको मुटु प्रत्यारोपण गरिएको थियो । तर ती दुवैको केही महिनाभित्रै मृत्यु भयो ।

मानव अङ्गको विकल्पको रूपमा वैज्ञानिकहरूले जनावरको अङ्ग मान्छेमा प्रत्यारोपण गर्न विविध प्रयोग गरिरहेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माण सुरु

क्यान्सर उपचारमा २५ हजार सहुलियत

भारतले नेपाललाई दियो ३५ एम्बुलेन्स र ६६ स्कुल बस

चिकित्सक नहुँदा थन्किए उपकरण

२०८० मा स्वास्थ्यः कलेजो प्रत्यारोपणदेखि चिकित्सा शिक्षा आयोगको प्रतिवेदनसम्म

अचानक बिरामी भएपछि प्रदीप नेपाल अस्पताल भर्ना

बागमती प्रदेश सरकारद्वारा छ हजारभन्दा बढीको स्वास्थ्य बीमा

लिमीका बालबालिकालाई खोप लगाइयो

भेरी अस्पतालबाट एक लाखले लिए सेवा

आम नागरीकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन सरकार गम्भीर हुनुपर्छः राष्ट्रपति

‘अग्निपीडितको पुनःस्थापनाका लागि सीप विकास आवश्यक’

सर्लाहीमा ‘सिएस’ सुविधासँगै प्रसूति सेवा लिने बढे