सदाबहार खबरको रफ्तार ....
बैसाख ४, २०८१ मंगलबार
April 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नयाँ सत्ता समीकरणको ध्येय समाजवादी मोर्चा बनाउनु होइन : महासचिव पोखरेल

२०८० चैत्र १०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले अहिले नयाँ सत्ता समीकरण समाजवादी मोर्चा बनाउने उद्देश्यले नबनेको स्पष्ट पार्नुभएको छ । एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको बागमतीका पार्टी अध्यक्ष र पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले अहिलेको नयाँ सत्ता समीकरण मुलुकलाई नयाँ उचाइमा लैजानका लागि मात्र बनेको बताउनुभयो ।

उहाँले नयाँ सत्ता समीकरण समाजवादी मोर्चा वा वामपन्थी गठबन्धन बनाउने उद्देश्यले नबनेकोसमेत स्पष्ट पार्नुभयो । “समाजवादी मोर्चा र वामपन्थी गठबन्धन निर्माण गर्ने भन्ने उद्देश्यका लागि अहिलेको सत्ता समीकरण बनेको होइन”, उहाँले भन्नुभयो, “अहिले संसद्मा रहेको वामपन्थी दलहरूमात्रै मिलेर वैकल्पिक सरकार बनाउने अवस्था पनि छैन, मुलुकलाई नयाँ ढङ्गबाट चलाउनका लागि नयाँ समीकरण बनेको हो ।” महासचिव पोखरेलले स्थानीय तहले जनतामा आशा जगाउने काम गर्नुपर्ने जनाउँदै पूर्वाधार निर्माणमा स्थानीय तहले ध्यान दिनुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने

महाधिवेशन प्रतिनिधि परिषद्को तयारीमा एमाले

नेपालका बारेमा सकारात्मक प्रचार गर्न सभामुखको आग्रह

एमाले चन्द्रपुरको अध्यक्षमा आचार्य

नियम होइन, नियत बदल्नुपर्छः नेता सन्तोष चालिसे

यस्तो छ जसपाको राष्ट्रिय महाधिवेशनको कार्यतालिका

एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र देखायोः केपी ओली

एमाले हुम्ला अध्यक्षमा बुमी निर्वाचित

त्रिविमा जस्तै मेरिटोक्रेसीको अवधारणा बाँकी ठाउँमा पनि अवलम्बन गर्छौं- प्रधानमन्त्री

समाजवादीका केन्द्रीय सदस्य पाण्डे माओवादी केन्द्रमा

एमाले संसदीय दलको बैठक बस्दैँ

नाउपाका दुई सांसदको मुख्यमन्त्रीमा दाबि, अब के हुन्छ ?