सदाबहार खबरको रफ्तार ....
असोज १९, २०८१ शनिबार
October 5, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चट्याङ लागेर एकको मृत्यु, सात जना घाइते

२०८० चैत्र १०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । गए राति जयपृथ्वी नगरपालिका–६ नौरामा चट्याङ लागेर स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो ।

चट्याङमा घाइते हुने एक जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाँकी सामान्य घाइते भएका प्रहरीले जनाएको छ । घाइते हुनेमा मृतक सिंहकी १८ वर्षीया छोरी शान्ति सिंह, ३० वर्षीय धीरेन्द्रबहादुर सिंह, उहाँकी श्रीमती निशा सिंह, छोरी कृतिका सिंह, ४० वर्षीया पञ्चादेवी सिंह, उहाँको छोरा ९ वर्षीय नितेश सिंह र छोरी १३ वर्षीया लक्ष्मी सिंह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेश चौधरीका अनुसार घाइतेमध्ये लक्ष्मी सिंहको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । स्वर्गीय सिंहको शव परीक्षणका लागि जिल्ला पु¥याउने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गम्बोरोले पाँच हजार बढी कुखुरा मरे

ऋण गरेर जदुको किरिया गर्दै परिवार, कतार जाने सपना अधुरै

दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक

पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो

काउली उत्पादनले घरखर्च चलाउन सहज

कमलामाई र दूधौली नगरपालिकाद्वारा बाढीपहिरो प्रभावित पालिकालाई आर्थिक सहयोग

मन्थली–काठमाडौँ जोड्ने छोटो बाटो खुलाउने तयारी

दाउन्नेमा यातायात एकतर्फी सञ्चालनमा

ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता

च्याङ्ग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म

बाढीपीडित किसानको गुनासो- स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत