सदाबहार खबरको रफ्तार ....
बैसाख ४, २०८१ मंगलबार
April 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रिय एकतामा खेलकुदको महत्वपूर्ण योगदान: मन्त्री साह

२०८० चैत्र १०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले राष्ट्रको प्रतिष्ठा वृद्धि र राष्ट्रिय एकता विकासको अभियानमा खेलकुदको महत्वपूर्ण योगदान रहेको बताएकी छन्।

शनिबार दशरथ रंगशालामा राइट टु प्रोटिन नामक म्याराथन प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण समारोहमा उनले यस्तो बताएकी हुन्। उनले स्वस्थ, अनुशासित, शिक्षित, मर्यादित तथा सक्षम नागरिक राष्ट्र निर्माणका प्रमुख आधार भएको बताइन्। उनले विविधताको एकता कायम गर्दै सुशासन, सामाजिक न्याय र आर्थिक वृद्धिको माध्यमबाट समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकंक्षालाई पूरा गर्न आवश्यक रहेको बताइन्।

उनले राष्ट्रिय एकता विकासको अभियानमा खेलकुदको महत्वपूर्ण योगदान रहेको उल्लेख गरिन्। उनले प्रोटिनजन्य खाद्यपदार्थहरु जस्तै दूध, माछा, मासु, अण्डा, गेडागुडी, आदिको हिस्सालाई उल्लेख्य वृद्धि कुपोषणको समस्या निराकरणको प्रमुख आधार भएको बताइन्।

उनले भनिन्, ‘स्वस्थ, अनुशासित, शिक्षित, मर्यादित तथा सक्षम नागरिक राष्ट्र निर्माणका प्रमुख आधार हुन्। विविधताको एकतामा कायम गर्दै सुशासन, सामाजिक न्याय र आर्थिक वृद्धिको माध्यमबाट समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकंक्षालाई पूरा गर्दै राष्ट्रको प्रतिष्ठा वृद्धि र राष्ट्रिय एकता विकासको अभियानमा खेलकुदको महत्वपूर्ण योगदान रहेको छ।’

मन्त्री साहले सरकार जनताको सन्तुलित आहार प्राप्त गर्ने अधिकारप्रति संवेदनशील रहेको उल्लेख गरिन्। मन्त्रालयले प्रोटिनजन्य पदार्थहरु माछामासु, दुध तथा गेडागुडीको उत्पादन, वितरण तथा उपलब्धताको सर्वसुलभ पहुँचप्रति विशेष सहजीकरण र सरकारका नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्दै आएको बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एसीसी प्रिमियर कपमा नेपालको लगातार तेस्रो जित, हङ्कङलाई ८ विकेटले हरायो

हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य

राष्ट्रपति रनिङ सिल्ड मंगलबारदेखि

हङकङविरुद्ध नेपालले टस जित्यो, १८ ओभरको खेल हुने

नेपाल र हङकङबीचको खेल बर्षाले प्रभावित

जीतपुरसिमरा गोल्डकप: उपाधीका लागि मच्छिन्द्र र पुलिस भिड्दै

एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङ खेल्दै

लिभरपुल र आर्सनल हारेपछि म्यानचेस्टर सिटी शिर्ष स्थानमा कायमै

एसीसी प्रिमियर कप: हङकङमाथि साउदी अरेबियाको ऐतिहासिक जित

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफल बनाउन सदस्यसचिवको आग्रह

इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण फुटबलको तयारी

इङल्याण्डको सी टिमविरुद्ध खेल्ने प्रारम्भिक टिमको घोषणा