सदाबहार खबरको रफ्तार ....
बैसाख ४, २०८१ मंगलबार
April 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

आपले भन्यो: मदिरा घोटालामा आरोपितले भाजपालाई चन्दा दिएका छन्, भाजपा अध्यक्षलाई गिरफ्तार गर्नुपर्छ

२०८० चैत्र १०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आम आदमी पार्टी (आप)ले मदिरा नीति मामिलामा भारतीय जनता पार्टी बीजेपीले नै आरोपितबाट पैसा खाएको आरोप लगाएको छ ।

पार्टी अध्यक्ष एवं दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेपछि पत्रकार सम्मेलन गर्दै आपले यस्तो बताएको हो ।दिल्लीकी शिक्षामन्त्री आतिशीले भनिन्, ‘दुई वर्षको अनुसन्धान, सयौं छापा र हजारौं मानिससँग सोधपुछपछि कथित मदिरा नीति मामिलाको एक रुपैयाँ पनि आम आदमी पार्टीमा पुगेको प्रमाणित छैन । सर्वोच्च अदालतले मनी ट्रेल कहाँ छ भनेर पनि सोधेको छ ।’

‘केजरीवाललाई यो कथित घोटालामा एक व्यक्तिको बयानमा पक्राउ गरिएको हो । यी व्यक्ति हुन् शरदचन्द्र रेड्डी । उनका कम्पनीहरू अरबिन्दो फार्मा, एपीएल हेल्थ केयर र युजिया फार्मा हुन्।’ उनले थपिन् । आतिशीले घोटालाबारे अनुसन्धान गरिरहेको ईडी पैसा कमाउने धन्दामा लागेको आरोप लगाइन् ।

आतिशीले भनिन्, ‘ईडी पैसा कमाउने धन्दामा लागेको छ । यता, शरदचन्द्र रेड्डीले चुनावी बन्डमार्फत् भाजपालाई पैसा दिएका छन् । पहिले साढे चार करोडको ऋणपत्र दिइएको थियो । त्यसपछि भाजपालाई ५५ करोडको बन्ड दिएका छन् ।’

‘आखिरमा मदिरा व्यवसायीहरूले कसलाई पैसा दिए ? कसलाई दिए ? र कहाँ गयो ? म प्रधानमन्त्री र उनको दाहिने हात ईडीलाई चुनौती दिन्छु। हामीलाई थाहा छ कि सबै पैसा भाजपाको खातामा गएको छ । भाजपाका राष्ट्रिय अध्यक्ष नड्डालाई गिरफ्तार गर्नुपर्छ।’ आतिशीले भनिन् ।

ईडीले केजरीवाललाई ६ दिन हिरासतमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इरान र इजरायलबीचको दुश्मनी कसरी शुरु भयो ?

इरानी आक्रमणपछि इजराइलको गाजामाथि दबाब बनाउने सङ्कल्प

कब्जामा रहेका १७ भारतीयलाई रिहा गर्न इरानलाई विदेशमन्त्री जयशंकरको आग्रह

साइप्रासकाे घाेषणाः सिरयालीलाई अब शरणार्थी मान्यता दिन सकिदैन्

अमेरिका मध्यपूर्वमा सङ्कट ‘बढेको’ हेर्न चाहँदैन

भारतमा निर्वाचनअघि सामाजिक खर्च बढाउने र मुलुकलाई उत्पादनको केन्द्र बनाउने मोदीको वाचा

इरानी आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’ दिइनुपर्ने : बाइडेन

के हो इजरायलको एयर डिफेन्स सिस्टम ?

सलमान खानको घर बाहिर गोली चल्यो

इजरायलमा इरानी आक्रमण

उत्तर कोरियाली नेता किम र शीर्ष चिनियाँ अधिकारीद्वारा सम्बन्धको ‘नयाँ अध्याय’ को स्वागत

नयाँ वर्षको अवसरमा सयौं कैदीबन्दी रिहा