सदाबहार खबरको रफ्तार ....
बैसाख ४, २०८१ मंगलबार
April 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कोशीमा सहमतीय सरकारको विकल्प छैन: मुख्यमन्त्री कार्की

२०८० चैत्र १०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कोशी प्रप्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशीमा सहमतीय सरकार गठन गर्नुपर्ने बताएका छन् ।

नेपाल क्षयरोग निवारण संस्थाको ४४ अ‍ौं केन्द्रीय सभाको वार्षिक अधिवेशनमा मुख्यमन्त्री कार्कीले केन्द्रीय गठबन्धन फेरिँदैमा कोशी सरकार तलमाथि नहुने बताए ।

उनले संघीयतालाई स्थापित र संस्थागत गर्न कोशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणको विकल्प नभएको बताए । ‘पूर्व मुख्यमन्त्री हिक्मत कार्कीलगायत एमाले सांसदको समर्थनमा म मुख्यमन्त्री बनेको हुँ ।’ उनले भने,’एमालेकै भावना अनुसार सर्वदलीय सरकार बनाउन लागिपरेको छु ।’

उनले पूर्वमुख्यमन्त्रीले दिएकै मन्त्र अनुसार सर्वदलीय सरकारलगायत विकास निर्माणसँगै बजेटसमेत कार्यान्वयनमा लगेको बताए । मुख्यमन्त्री कार्कीले संविधानअनुसार सरकार चल्ने बताए ।

‘संविधान अनुसार बनेको सरकार हो । सरकार बन्दा पनि माथिको गठबन्धनसँग टेकिएर बनेको थिएन,’ उनले भने, ‘त्यसैले माथिको गठबन्धन तलमाथि हुँदैमा यो सरकार केही हुँदैन ।’

यो सरकारविरूद्ध बलजफति गर्न जोसुकैलाई प्रदेश प्रमुख बनाएर संविधान विपरित केही गर्न खोजिए तत्कालिन प्रधानसेनापति रूक्माङ्गद कटुवालको घटना दोहोरिने मुख्यमन्त्री कार्कीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गौशाला- २६ को जन्मदर्ताको प्रमाणपत्र झिकाउन उच्चको आदेश

नियमावली संशोधन हुँदा अधिकांश न्यायाधीश चिन्तामाः अध्यक्ष घिमिरे

प्रधानमन्त्रीलाई कार्यविस्तृतीकरण परिमार्जन प्रतिवेदन पेश

सुरूङमार्ग निर्माणले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्नेछः प्रधानमन्त्री

सांसदहरूलाई ओलीको निर्देशन: पार्टीको अनुमति बिना विदेश नजानू

निर्वाचनमा महिला सहभागिता बढाउन सुधार आवश्यक छ : प्रमुख आयुक्त थपलिया

पश्चिम एसिया क्षेत्रको घटनाक्रममा चिन्तित छौं- परराष्ट्र

भीम रावलको टिप्पणी- सुदूरपश्चिममा सत्ताको खेल संबिधानको मर्म र जनताको आकाङ्क्षा विपरित

पाँच जना सचिवको सरूवा

बागमती प्रदेशः विषयगत संसदीय समितिले नेतृत्व पाउँदै

आवेश र उत्तेजनाले समस्या सुल्झदैनः अध्यक्ष ओली

देउवाले भने, राजा फर्काउने कुरा असम्भव